logo
  • शनिबार, भाद्र २० २०८३

लुधियानामा बृहत् तिज साँस्कृतिक धमाका २०७६ हुँदै शर्मिला गुरुङ्ग आउदै


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

पशुपति श्रेष्ठ

लुधियाना,भदौ १० गते। हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको अवसर पारेर सुपादेउराली टुर एण्ड ट्राभल्स पञ्जाव लुधियानाले बृहत तिज साँस्कृतिक धमाका २०७६ कार्यक्रमको आयोजना गर्ने भएको छ ।

लामो समय देखि भारतका विभिन्न ठाउँबाट नेपाल भारत आवतजावतमा यात्रुहरुलाई सुविधा सम्पन्न यात्रा गराईरहेको ट्राभल्सले हरेक वर्ष जस्तै यस बर्ष पनि महिलाहरुलाई मनोरञ्जनको साथ साथै दुख सुख मेटाउने चौपारी बनाई हर्षोउल्लासका साथ मनाउन टेवा पुर्‍याउदै कार्यक्रमको आयोजना गर्ने भएको हो ।

लुधियानाको भारत नगर चौकमा अवस्थित गुरुनानक भवनमा सेप्टेम्बर २ तारिखका दिन सोमबार बिहान ११ बजे बाट सुरु हुने कार्यक्रम साझ ५ बजे सम्म चल्ने छ । उक्त साँस्कृतिक धमाकामा चर्चित लोक दोहोरी गायिका शर्मिला गुरुङ्ग , दिपक गरौजा ,नन्दु परियार, रिना केसि ,खुमन जोशी मोडल तथा डान्सर प्रतिमा थापा मोडल,नायिका अनुष्का शर्मा लगायत हास्यकलाकार रामु बेल्बासे लगायतले मनोरञ्जन गराउने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend