logo
  • शुक्रबार, असोज ९ २०८३

नेपाल कम्यूनिष्ट पार्टि रिघाको भेला तथा बैठक सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कमल पौडेल, बाग्लुङ  भदौ ८।
नेपाल कम्यूनिष्ट पार्टि (नेकपा) का प्रदेश कमिटि सदस्य शुनिल शेरचनले सवै कार्यकर्तालाई एकतावद्ध हुँदै पार्टि निर्माण र परिचालनमा जुट्न आग्रह गर्नुभएको छ।
गल्कोट नगरपालिका वडा नं. ११ रिघाको टोल भेलालाई सम्बोधन गर्दै शेरचनले पार्टि एकिकरणको काम टुंगीएको, सरकारले प्रभावकारी काम गरिरहेको भन्दै उत्साहका साथ काम गर्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ। कार्यक्रममा नेकपा गल्कोट नगरकमिटि सचिव डम्बर श्रीस, सल्लाहकार कविराज बस्याल लगाएतले प्रशिक्षणात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो। साविक वडा नं.९ को भेलाले बाबुराम कुमालको अध्यक्षतामा २३ सदस्यिय नयाँ समिति गठन गरेको छ।
जसको उपाध्यक्षमा तिलचना राना कुमाल, सचिव चिज बहादुर राना, कोषाध्यक्षमा कुल बहादुर राना लगाएत रहनुभएको छ। त्यस्तै सिता राना कुमालको संयोजकत्वमा ११ सदस्यिय अखिल नेपाल महिला संघको गठन गरेको छ। जसको सचिवमा लालु राना कुमाल लगाएत रहनुभएको छ। कार्यक्रम वडा सदस्य रिम बहादुर राना कुमालको अध्यक्षता, चित्र बहादुर राना कुमालको स्वागत मन्तव्य इन्द्र राना कुमालको सञ्चालनमा सम्पन्न भएको थियो।
त्यस्तै साविक वडा नं. ६ मा भएको टोल भेलाले रञ्जित नेपालीको संयोजकत्वमा २९ सदस्यिय नयाँ कार्यसमितिको गठन गरेको छ। जसको उपाध्यक्षमा धन बहादुर नेपाली, सचिव मिलन नेपाली, कोषाध्यक्षमा भक्त बहादुर घर्ति लगाएत रहनुभएको छ। कार्यक्रम वडा कमिटि अध्यक्षा श्यामलाल विकको अध्यक्षता, नगर सदस्य झविलाल चालिसेको स्वागत मन्तव्य तथा वडा सदस्य लाल बहादुर नेपालीको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend