logo
  • मंगलबार, असोज १३ २०८३

दुध र मासुमा गाउँपालिकाको अनुदान उत्कृष्ठ काम गर्ने ६८ कृषक पुरस्कृत


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

हुमाकान्त पोखरेल,गुल्मी भदौ ८ ।
इस्मा गाउँपालिकाले उत्पादनमा आधारित अनुदान वितरण गरेको छ । गाउँपालिकाले आर्थिक बर्ष २०७५÷७६ मा वडा नम्बर ६ अम्मरपुरका ५१ किसानकाले विक्रि गरेको खसिबोका र १७ किसानले उत्पादन गरेको दुधमा कुल एक लाख ७५ हजार ७०० अनुदान प्रदान गरेको हो । विक्रि भएको मासु तथा दुध सबै अम्मरपुरस्थित ‘अमरपुर कृषि तथा पशु विकास महिला सहकारी संस्था लिमिडेट’ द्धारा विक्रि भएका हुन् ।गत आर्थिक बर्ष अम्मरपुरका १७ किसानले दुई हजार ५५ केजीका ६० वटा खसिबोका विक्रि गरे । जसबाट किसानले कुल ५१ हजार ३७५ अनुदान प्राप्त गरे । सबैभन्दा धेरै स्थानीय विष्णुमाया भण्डारीले पाचँ खसिबोका विक्रि गरिन् । जसबाट पाचँ हजार ७५ रुपैँया प्राप्त गरेकी छन् । गत बर्ष नै उक्त सहकारीबाट कुल २४ हजार ८६४ दुध विक्रि भयो ।

जसबाट कुल एक लाख २४ हजार ३२५ किसानले अनुदान प्राप्त गरेका छन् । सबैभन्दा धेरै स्थानीय कमला घिमिरेले अनुदान प्राप्त गरेकी छन् । उनले सात हजार ३४३ लिटर दुध विक्रिबाट कुल ३६ हजार ७१५ प्राप्त गरेकी छन् । त्यस्तै दुर्पता भण्डारीले तीन हजार २०२ लिटर दुध सहकारीमार्फत विक्रि गरी १६ हजार १० प्राप्त गरेकी छन् ।अर्की स्थानीय जमुना पराजुलीले तीन हजार १४९ लिटर दुध विक्रिबाट १५ हजार ७४५ तथा पशुपति अर्यालले तीन हजार ४२ लिटर दुध विक्रिबाट १५ हजार २१० प्राप्त गरेको सहकारीले जनाएको छ । अम्मरपुरसहित तत्कालिन ६ गा.वि.स. मा वि.सं २०७२ सालमा हेफर इन्टरनेशनल परियोजना लागु भयो ।

उक्त परियोजनाले किसानहरुको समुह गठन, मासिक बचत संकलन, बाख्रा वितरण, तालिम लगायतका कार्यक्रम ग¥र्यो । र अन्त्यमा सहकारी गठन गरी अहिले किसानले उत्पादित कृषिजन्य वस्तुहरुलाई सहकारीमार्फत विक्रि वितरण हुदैँ आएको एकिकृत ग्रामिण विकास समाज गुल्मीका अध्यक्ष हिरा ए.सी.ले जानकारी दिए ।

सहकारीले अहिले जिउँदो खसि–बोका खरिद विक्रि गर्ने गर्दछ । त्यसका साथै आवश्यक मल, बिउ, दाना लगायतका सामाग्री पनि सहकारीले खरिद–बिक्रि गर्र्ने गरेको एकिकृत ग्रामिण विकास समाज गुल्मीको परियोजना संयोजक भरत भण्डारीले जानकारी दिए । सहकारीले यसै बर्ष ९०० खसिबोका अमरपुरभन्दा बाहिर निर्यात गर्ने, एक सदस्य–एक खसि अनिवार्य गर्ने, प्रत्येक सदस्यको घरमा कम्तिमा पाचँ वटा माउ बाख्रा बनाउने लगायतका लक्ष्य पनि लिएको भण्डारीले बताए ।

एक बर्षमै सहकारीको पुँजी ५७ लाख
अमरपुर कृषि तथा पशु विकास महिला सहकारी लिमिटेडले एक बर्षमै आफ्नो पुँजी ५६ लाख ७५ हजार ९६१ पु¥र्याएको छ । पछिल्लो समय कतिपय सहकारी धरासायी समेत बन्ने गरेको अवस्थामा यस सहकारीले भने कारोबार रकम बृद्धि गर्न सफल भएको सँस्थाकी अध्यक्ष देवकला थापाले जानकारी दिइन् । त्यसमा आम्दानीका मुख्य स्रोतमध्ये खसि–बोका विक्रिबाट नौ लाख १८ हजार ८२२ प्राप्त भएको छ । त्यस्तै शेयर पुँजी छ लाख ४५ हजार ५००, बचत हिसाब १७ लाख ४८ हजार ५७६, प्रशासनिक अनुदान तीन लाख चार हजार ४२०, दाना विक्रिबाट ७४ हजार ६६० लगायतका शिर्षकबाट आम्दानी भएको अध्यक्ष थापाले बताइन् ।

गाउँपालिकाले भण्डार केन्द्र स्थापना गर्ने
गाउँपालिका उपाध्यक्ष बिमला खत्रीले अमरपुरमा खसि–बोका विक्रिको लागि भण्डार केन्द्रको स्थापना गर्ने बताइन् । आफु पनि महिला भएको र सहकारीको उदेश्य पनि महिलालाई नै आत्मनिर्भर बनाउने रहेकोले अमरपुरमा गाउँपालिकाले भण्डार केन्द्र बनाउने प्रतिवद्धता जायर गरिन् । त्यस्तै जिल्ला समन्वय समिति अध्यक्ष लक्षमण पराजुलीले मिलेर काम गर्न सबैलाई आग्रह गरे । ‘एक्लै दौडेर हुँदैन, मिलेर काम गरे सफलता मिल्छ भन्ने उदाहरण दिनुभएको छ ।’ उनले भने, ‘आवश्यक सहयोग सबैबाट हुनेछ ।’

दुध र मासुमा अनुदान
इस्मा गाउँपालिकाले उत्पादनमा बृद्धि गरी किसानलाई आत्मनिर्भर बनाउन ‘उत्पादनमा आधारित अनुदान’ कार्यक्रम सुरु गरेको हो । जसअन्तरत बर्षमा १०० के.जी. खसि या बोकाको मासु विक्रि गर्ने किसानलाई प्रति के.जी. २५ रुपैँया गाउँपालिबाट उपलब्ध गराइने गाउँपालिका अध्यक्ष लक्षमण विष्टले जानकारी दिए । त्यस्तै महिनामा ५० लिटरभन्दा बढी दुध विक्रि गर्ने किसानलाई प्रति लिटर रु. ५ का दरले अनुदान प्रदान गरिने पनि विष्टले बताए । तर यस्तो अनुदानको लागि भने सहकारीमार्फत काम गर्नुपर्नेछ । गत आर्थिक बर्ष इस्मा गाउँपालिकाका दुई सहकारी उत्पादनमा आधारित अनुदानको लागि योग्य भए । इस्मा कृषि तथा पशु विकास महिला सहकारी र अमरपुर कृषि तथा पशु विकास महिला सहकारी लिमिडेटले अनुदान प्राप्त गरेको अध्यक्ष विष्टले जानकारी दिए ।

गत बर्ष ९० र यस बर्ष ५० लाख बजेट
गाउँपालिकाले कृषिमा आत्मनिर्भर गाउँपालिका बन्ने उदेश्यले गत बर्ष ‘कृषि र पशु’ शिर्षकमा ९० लाख विनियोजन गरेको थियो । जसमा खोर तथा गोठ सुधार कार्यक्रममा नौ लाख अनुदान प्रदान गरिएको छ । पाचँ लाख औषधी वितरण, कृषक तालिम र कृषक भ्रमणमा तीन÷तीन लाख, यान्त्रीकिकरणमा १० लाख लगायतका शिर्षकमा खर्च गरिएको गाउँपालिकाका नायब पशु स्वास्थ्य प्राविधिक तुल्सी बहादुर थापाले जानकारी दिए । यान्त्रीकिरणअन्तरगत किसानलाई थ्रेसर, मिनी टेलर लगायतका सामाग्री अनुदानमा प्रदान गरिएको थियो । गत बर्ष नै गाउँपालिकाका किसानहरुको बाख्राको ५० प्रतिशत अनुदानमा बीमा गरिएको छ । एक लाख बजेटमा बाख्राको बीमा गरिएको हो । भने यो बर्ष पनि ‘कृषि र पशु’ शिर्षकमा ५० लाख विनियोजन भएको र उक्त बजेट एकिकृत ग्रामिण विकास समाज केन्द्रद्धारा संचालित हेफर इन्टरनेशनल परियोेजनामार्फत काम गरिने नायब पशु स्वास्थ्य प्राविधिक थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend