logo
  • शनिबार, भाद्र २० २०८३

गुल्मी सेवा समाज युएईको तिज विशेष कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

राज भण्डारी, युएई ।
हिन्दु महिलाहरुको महान चाड हरितालिका तिज तथा श्रीकृष्ण जन्मास्ठमिमा , गुल्मी सेवा समाज युएईले पनि समुन्द्री भोज तथा तिज विशेष कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।

सस्थाका अध्यक्ष रुद्र थापाको अध्यक्षतामा सुरु भएको कार्यक्रममा सस्थाका सम्रक्षक कृष्ण गौतमको प्रमुख आतिथ्य रहेको थियो भने सस्थाको प्रमुख सल्लाहकार तथा भुतपुर्ब अध्यक्ष लक्ष्मण अर्याल र युएईमा ब्यबसाय गर्ने गुल्मेली ब्यबसायि तथा बिश्वकर्मा समाज युएईका अध्यक्ष देब बिश्वकर्मा रहनु भएको थियो भने अन्य अतिथिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सोचेको भन्दा बढी लगभग ३०० हाराहारि दर्सकहरुको उपस्तिथि रहेको थियो । कार्यक्रम सम्योजक राम श्रेष्ठले भन्नू भयो । कार्यक्रम यहि अगस्ट २३ को कृक डेरा दुबई स्थित रोलेक्स टावरको आगाडी समुन्द्री बोट Ramee Cruise मा भयको थियो । यो अहिले सम्मकै हाम्रो राम्रो कार्यक्रम बनेको कुरा सस्थाकि उपाध्यक्ष सिता केसिले बताउनु भयो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै सचिव सिता रजालीले भन्नु भयो । हामी जस्ता बिदेसीयका चेलीहरुलाई यसरी जुटायर रमाइलो अनि दर खुवाउने कार्यक्रम आयोजन गरेकोमा धन्यवाद पनि दिनुभयो ।

संस्थामा महासचिव मेघ कंडेलले भन्नू भयो संस्था तपाईं हामी सबैको हो हामी सबै मिलेर अगाडि बढाउन पर्छ । कार्यक्रमको लागि सबैले साथ र सहयोग गर्नु भएकोमा धन्यवाद पनि दिनु भयो । उक्त कार्यक्रममा नेपाली खानाका परिकार पुलाउ, चुकौनी, अचार, खसिको मासु लगायत नेपाली खाना अल्कुजमा रहेको सयपत्री रेस्टुरेन्ट ले उपलब्ध गरायको थियो ।

रेसुङ्गा टेलिभिजन संग कुराकानी गर्दै संस्थाका अध्यक्ष रुद्र थापाले भन्नू भयो, हामिले सोचेभन्दा पनि राम्रो कार्यक्रम भो कार्यक्रम सफल बनाउनको लागि लागि पर्नु भएका पत्रकार कलाकार लगायत सम्पुर्णलाई धन्यवाद पनि दिनु भयो ।

आगामी दिनमा पनि सबैको मायाको आवस्यकता रहेको र पाउनेमा आफू आसाबादी रहेको जानकारी दिनुभयो । कलाकार होमनाथ कुवर, सरोज थापा लगायतले प्रस्तुती राख्नु भयको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend