साझा नेटवर्क
राज भण्डारी, युएई ।
गुल्मीको सत्यवती गाउँपालिकामा गत साउन ७ गते राती गएको पहिरोबाट भएको जनधनको क्षति प्रती गुल्मी सेवा समाज युएईले एकलाख सहयोग गरेको छ । सस्थाका सचिवालय सदस्य बाबुराम सुनारको संयोजनमा सुरु गरिएको राहत सङ्कलनमा सस्थाका वरिष्ठ उपाध्यक्ष राम श्रेष्ठ सक्रीयता रहेको थियो ।

बिदेशमा रहदा आफ्नो जिल्लामा परेको समस्या प्रती सबै गुल्मेलीको मात्र नभएर गैर गुल्मेलीहरुको पनि सहयोग गरेका थिए । हिजो एक हस्तान्तरण कार्यक्रम गरि राहत हस्तान्तरण गरिएको कुरा सस्थाका अध्यक्ष रुद्र थापाले बताउनु भयो ।
घटना २ फरक फरक ठाउमा भएको र फरक फरक राहत सन्कलन समिति रहेकोले घटनाको प्रकृति हेरि लिम्घाको घटनाको लागि ६०,००० हजार र ठुलो लुम्पेकको लागि ४०,००० हजार गरि जम्मा एकलाख सहयोग गरिएको हो । पैसा भने राहत सन्कलन समितिको खातामा नै जम्मा गरिएको थियो ।
हामी देश भन्दा बाहिर रहेपनि आफ्नो जिल्ला बासीलाई चोट पर्दा हामिहरुले सानो सहयोग स्वरुप मलम लगाउने प्रयास मात्र गरेका हौ, अध्यक्ष रुद्र थापाले बताउदै सबै सहयोगीलाई सहयोगको लागि धन्यवाद दिनुभयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend