logo
  • मंगलबार, असोज १३ २०८३

श्रीकृष्ण जन्माष्टमीको अबसरमा रेसुङ्गा नगरपालिकाद्धारा सार्बजनिक बिदा


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

अनिल खत्री,गुल्मी भदौ ५ ।

गुल्मीको रेसुङ्गा नगरपालिकाले श्रीकृष्ण जन्माष्टमी पर्वको अबसरमा पारेर सार्बजनिक बिदा दिने भएको छ । भदौ ६ गते शुक्रवार परेको श्रीकृष्ण जन्माष्टमीको दिन सार्बजनिक बिदा दिने निर्णय गरिएको रेसुङ्गा नगरपालिका गुल्मीका प्रमुख प्रशासकीय अधिकृत भत्तीराम मरासिनीले बताए ।

बिहिवार बसेको कार्यपालीकाको बैठकले हिन्दु धर्मालम्बीको श्रीकृष्ण जन्माष्टमी पर्वको अबसरमा पारेर एक दिन सार्बजनिक बिदा दिने निर्णय गरेको मरासिनीले बताए । शुक्रवार श्रीकृष्णको पूजा आराधना गरी धुमधामका साथ मनाइँदैछ ।

भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । भगवान विष्णुको आठौं अवतारको रूपमा श्री कृष्णको जन्मदिनको अवसरमा हिन्दूहरूले मनाइने वार्षिक पर्व हो । श्रीकृष्णा जन्माष्टमीमा हिन्दूहरूले भगवान श्री कृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend