logo
  • मंगलबार, असोज १३ २०८३

घर निर्माण गर्नका लागि आर्थिक सहयोग


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

तिलाचन पाण्डे, गुल्मी भदौ २।
रेसुङ्गा नगरपालिका वडा नं ७ की शारीरिक अपांगता भएकी सीता पन्थीको घर निर्माणका लागि एक संस्थाले आर्थिक सहयोग गरेको छ ।

आर्थिक अबस्था निकै कमजोर भएकी सीताको घर निर्माण गरिदिनका लागि चौतारी लघुबित्त बित्तिय संस्थाले रु ५० हजारको चेक अपांगको क्षेत्रमा काम गर्दै आएको आशा अपांग केन्द्र मार्फत प्रदेश ५ का सामाजिक बिकास मन्त्री सुर्दशन बरालले एक कार्यक्रमका बिच हस्तान्तरण गरेका हुन् ।

चेक हस्तान्तरण गर्दै मन्त्री बरालले चौतारी लघुबित्त संस्थाले गरेको सानो सहयोगले उहाँको घर निर्माणमा ठुलो सहयोग पुग्ने भन्दै सहयोगी हातहरुलाई अगाडी बढाउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend