logo
  • शनिबार, साउन ३० २०८३

२०५६ सालमा द्धन्दका कारण बिस्थापित भएको गुल्मीको बिकट कालीगण्डकी गाउँपालिका पुर्तिघाटमा बाणिज्य बैंक


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

तिलाचन पाण्डे,गुल्मी भदौ २  ।
गुल्मीको बिकट कालीगण्डकी गाउँपालिकाको पुर्तिघाटमा राष्ट्रिय बाणिज्य बैंकको शाखा खुलेको छ । २०५६ सालमा द्धन्दका कारण बिस्थापित भएको राष्ट्रिय बाणिज्य बैकंको २२३ औ शाखाको एक कार्यक्रमका बिच कालीगण्डकी गाउँपालिकाका प्रमुख बेद थापाले उदघाटन गरे ।

बैंकको उद्घाटन गर्दै थापाले स्थानीय स्तरमा बैंकहरु प्पुग्न नसकेको र गरीबहरुले बैंकबाट सस्तो ब्याजदरमा ऋण लिन नसकेको र हुने खानेहरु संगै पहुँचवालाले मात्रै बैंकको प्रयोग गरेको भन्दै अब तल्लो स्तरसम्म पनि बैंक पुग्नु पर्ने बताए । साथै उहाँले गाउँपालिका र बैंकको सहकार्यमा निम्न बर्गको पहुँचसम्म् बैंक पुग्नु पर्ने बताए ।

यता शाखाका प्रमुख अर्जुन अर्यालले बैंकले कृषि , पशुपालन , ब्यापार घरेलु तथा साना उधोग , महिला उधमी संगै युवाहरुलाई स्वदेशमै ब्यापार र ब्यबसायमा प्राथमिकताका साथ लगानी गर्ने दाबी गरे । अब गाउँका बस्ती बस्ती सम्म बैंकको पहुँच पुग्ने गरी र स्थानीयले अनुभुति गर्ने गरी बैंकले काम गर्ने बताए ।

पुर्तिघाटमा २०५६ सालमा द्धन्दका कारण बिस्थापित भएको राष्ट्रिय बाणिज्य पुन गएपछि सरकारी काम काजका लागि सदरमुकाम तम्घासमान आउनु पर्ने बाध्यताको अन्त्य भएको भन्दै कालीगण्डकी गाउँपालिकाका स्थानीयहरुले खुसी ब्याक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend