साझा नेटवर्क
फलेन्द्र मगर, युएइ।
मितेरी समाज युएईको आयोजनामा तीज विशेष सांस्कृतिक धमाका-२०१९ को तयारी अन्तिम चरणमा पुगेको छ । समाजले विभिन्न समयमा स्थापनाकालदेखि नै सामाजिक र सहयोगार्थ अभियानहरु चलाउदै आएको छ ।
यो बृहत् कार्यक्रमको आयोजना भने पहिलो पटक गर्न लागिएको जुन ऐतिहासिक प्रयास भएको अध्यक्ष प्रदिप पुन मगरले बताए । उनले कार्यक्रमको सबै तयारी अन्तिम चरणमा पुगेको जानकारी दिदै सहकार्यको लागि युएईका सबै क्रियाशील संघसंस्थाहरुसँग सहकार्य गरिरहेको बताए ।
कार्यक्रम यहि आउदो ३० अगस्त २०१९ शुक्रबार युएईको सुन्दर शहर अल ऐन स्थित लयाली बनाफ्साज होस्पिटालिटि (जावेल दवर) मा हुँदैछ। मितेरी समाजको आयोजना र हाल अल ऐनमा क्रियाशील विभिन्न सामाजिक संघसंस्थाहरुसँगको बिशेष समन्वयमा रहने कार्यक्रम दिउँसो एक बजेबाट सुभारम्भ हुने आयोजकले बताएको छ ।
कार्यक्रममा नेपालबाट राष्ट्रिय कलाकार लोकदोहोरी गायक राजु ढकालसंगै लोकप्रिय लोकदोहोरी गायिका सम्झना लामिछाने मगरको प्रस्तुती रहनेछ। साथमा फ्यूजन डान्स ग्रुप दुबईको विशेष प्रस्तुती र स्थानीय ख्यातिप्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले समितिले जानकारी गराएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend