logo
  • मंगलबार, असोज १३ २०८३

पहिरो प्रभावित परिवारलाई अस्थायी आवास निर्माणमा सशस्त्र बलको सहयोग


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

साझा नेटवर्क, गुल्मी भदौ २।
सशस्त्र प्रहरी बल गुल्मीले पहिरो प्रभावित परिवारको अस्थायी आवास निर्माणमा सहयोग गरेको छ । सत्यवती गाउँपालिका ३ ठुलोलुम्पेकका पहिरोबाट विस्थापित परिवारलाई २ वटा टेण्टका अस्थायी घर निर्माण गरेको छ ।
साथै स्थानिय युवाहरूलाई टेण्टबाट घर निर्माण गर्ने तरिका र उपयोगिताका बारेमा प्रशिक्षण प्रदान गरिएको सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक बिनोद खनालले बताए । आइतबार सशस्त्र प्रहरी नायब निरीक्षक गणेश गिरिको कमान्डमा १० जना सुरक्षाकर्मीको टोलि ठुलोलुम्पेक पुगेको थियो । पहिरोबाट बिस्थापित भएका लुम्पेकका करिब ३ सय परिवार बिधालयमा बस्दै आएका छ्न ।

उनिहरुलाइ तत्काल अस्थायी आवासमा स्थानान्तरण गरेर बिधालय संचालन गरिने वडा अध्यक्ष रुक बहादुर रानाले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend