साझा नेटवर्क
उद्धव मगर दोहा ।
कतार नेपाली एकता समाज केन्द्रिय समितिले नेपालबाट आउनु भएकुा दुर्गा खरेललाई सम्मान तथा शुभकामनाका साथ विदाई कार्यक्रम सम्पन्न गरेको छ । गत शुक्रबार समाजले एक कार्यक्रमको आयोजना गर्दै खरेललाई विदाई गरेको हो ।

यस कार्यक्रमका अध्यक्षता हेमन्त वाईवा, अतिथी दुर्गा खरेल सचिवालय सदस्य लुमाकान्त पुन, सचिव विष्णु थापा, कोषाध्यक्ष राम इन्दल थिंङ्ग, रहेको थियो भने कार्यक्रम सञ्चालक संस्थाका महासचिव खिम बुढा मगरको रहेको थियो ।
यस कार्यक्रमलाई आफ्ना शब्दले स्वागत मन्तव्य राख्दै थम्मन थापाले शुमकामना समेत दिनु भएको थियो । त्यस्तै शुभकामना दिने क्रममा लुमा कान्त पुन, विष्णु थापा, हेम थापा, राम ईन्दल थिङ्ग, गिरी काउछा, मीनराज पुन, प्रिजल राई, टिकाराम वटला, रहेको थियो ।
अथिती दुर्गा खरेलले पनि आफ्ना केही भनाई राख्दै भन्नु भएको छ कतार नेपाली एकता समाज केन्द्रिय समितिले आफुलाई यहाँसम्म आउने वातावरण बनाई दिएकोले यस कतार नेपाली एकता समाजका सिंङ्गो केद्रिय समितिलाई धन्यवाद दिनु भएको थियो ।
अन्तमा यस कार्यक्रमका अध्यक्ष हे्मन्त वाईवाले कार्यक्रम सफल र शानदार रुपमा समापन भएको घोषणा गर्नु भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend