logo
  • शनिबार, भाद्र २० २०८३

लोकदोहोरी गीत प्रतिष्ठान कतार शाखाको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा क्षेत्री


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कतार शाखाको दोस्रो अधिबेसन सम्पन्न भएको छ । अधिवेशन कतारको सनैया स्थित लाली गुराँस रेस्टुरेन्टको सभाहलमा प्रतिष्ठानका का.वा. अध्यक्ष शक्ति क्षेत्रि तथा NRNA मध्यपुर्व उप-संयोजक प्रविण गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

दोहा कतारमा स्थापित सामाजिक, बैचारीक, जातिय/सामुदायिक सॉस्कृतिक लगायतका संस्थाहरुका संस्था प्रमुख तथा प्रतिनिधीहरुको आतिथ्यता रहेको थियो । कार्यक्रममा ब्यबसायि बुद्दिजिवि, समाजसेवी लगायत संस्थाका पदाधिकारीहरु सहित साधरण सदस्य लगायत सहभागिहरुको बाक्लो उपस्थिती रहेको थियो ।

बिधिबत उदधाटन गरीएको कार्यक्रममा नानु घलेले स्वागत मन्तव्य राखेकि थिईन भने लक्ष्मि गिरीले स्वागत नृत्य प्रस्तुत गरेकी थिईन । सचिवालय सदस्य तिलु शर्मा पौडलले संस्थागत कार्य प्रगति बिबरण प्रस्तुत गरेका थिए ।

बिभिन्न कलाकारहरुले सागितिक प्रस्तुति समेत राखेको कार्यक्रममा शुभकामना दिने बक्ताहरुले प्रवासमा खोलिएका संस्थाहरुले एकै किसिमका कार्यहरु गर्ने गरेको पाईएको तर प्रतिष्ठानले देशको संस्कार संस्कृति बोकेर हिडेको हुदॉ कहि कतै नचुक्न सुझाब दिदै अधिबेशन सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

२०१७-१९ कार्यकालको आर्थिक प्रगति प्रतिबेदन कोषाध्यक्ष ईमान सिह ठकुरीले पेश गरेका थिए । आफु पनि गितसंगितकै क्षेत्रमा रहेर कार्य गरीरहेको हुदॉ यस संस्थालाई आफुले हरेक क्षेत्रबाट सक्दो सहयोग गर्ने बचनबद्दता प्रमुख अतिथी गुरुङले गरेका थिए ।

शिवराम ढकालले सहजिकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति क्षेत्रीले अधिबेशन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यबाद दिदै अधिबेशन बन्द शत्रमा प्रवेश गरेको घोषणा गरेका थिए । बन्द शत्रले आगामी २०१९-२१ कार्यकालका लागि शक्ति क्षेत्रिको अध्यक्षतामा १७ सदस्यिय कार्य समिति निर्बिरोध चयन गरेको छ ।

जस्को प्रथम उपाध्यक्ष शिवराम ढकाल, दित्तिय उपाध्यक्ष ईमान सिहं ठकुरी, महिला उपाध्यक्ष नानु घले, सचिव तिलु शर्मा पौडेल, सह सचिव रघु नाथ शर्मा, महिला सचिव सन्ध्या अर्याल, कोषाध्यक्ष लेखनाथ रिमाल, सह कोषाध्यक्ष रिदिसा चापागाई रहेका छन त्यस्तै महिला सदस्यमा मेनुका खतिवडा, लक्ष्मि गिरी र सदस्यहरुमा क्रमस कृष्ण प्रशाद ढकाल, प्रेम ब गुरुङ, बिकास लामिछाने, दामोदर भुषाल, धनश्याम तिवारी, दिपेन्द्र सुनार सहेका छन ।

नव निर्वाचित कार्यसमितिलाई निर्वाचन संयोजक रामहरी गैर्हेले पद तथा गोपनियताको सपथ ग्रहण गराएको थिए । “हाम्रो अभियान, लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान र नवप्रतिभाको प्रोत्साहान” भन्ने मुल नारा लिएर प्रतिष्ठान सामाजिक संस्थाको रुपमा २०५८ सालमा स्थापना भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend