साझा नेटवर्क
साझा नेटवर्क, ओमान ।
गुल्मी सेवा समाज ओमानले गुल्मीका पहिरो पिडितलाई आर्थिक सहयोग गरेको छ । गत साउन ६ गते राती आएको भीषण वर्षाले गुल्मीको सत्यवती गाउपालिका ३ र ४ लिम्घा र लुम्पेकमा १३ जनाको ज्यानुका साथै सयौं घरपरिवार विस्थापित भएका थिए।

दु:खदको विसम परिस्थितिमा प्रवासबाट सहयोग जुट्ने क्रममा गुल्मी सेवा समाज ओमानले ७२५२५ रुपैयाँ पहिरो पिडित परिवारलाई आर्थिक सहयोग गरेको हो ।
समाजका संरक्षक घनश्याम भण्डारीले पठाएको उक्त रकम छविलाल ढकालको उपस्थितिमा सत्यवति गाउँपालिका अध्यक्ष पारिश्वर ढकाल, उपाध्यक्षमा सुवर्ण साही सेरचन, प्रमुख प्रसासकिय अधिकृत यादव भण्डारी लगाएत गाउँपालिका कर्मचारीहरुको उपस्थितिमा रकम हस्तान्तरण गरेका थिए ।
रकम ग्रहण गर्दै गाउँपालिका अध्यक्षले यसरी दुखको बेला आर्थिक सहयोग गर्नुहुने गुल्मी सेवा समाजका साथै सहयोग अभियानमा जुट्नुहुने सम्पुर्ण नेपालीहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।
समाजको यस अभियानमा राम थामी, ठाकुर प्रसाद डम्मरपाल, चिरञ्जीवी पाण्डे, गोमा पाण्डे, महादेव हितान, सुर्य पन्थी र टेकराज भण्डारी लगायतले मुख्य भूमिका खेलेका थिए । समाजले यस अभियानमा सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद व्यक्त गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend