logo
  • शनिबार, साउन ९ २०८३

बोनम्यारो पिडित गुरुङलाई आर्थिक सहयोग


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

दोहा ।
बिगत एकवर्ष देखि लगातार बोनम्यारो रोगबाट पिडित कास्केली चेली सुनिता गुरुंङलाई कास्की आदर्स सेवा समाज कतारले आर्थिक सहयोग हस्तान्तरण गरेको छ । सेवा नै धर्म हो भने झै पीडितलाइ उपचारमा थप सहयोग होस भन्ने हेतुले सस्थाकै आजिबन सदस्य जित बहादुर गुरुङले आर्थिक सहयोगको लागि संस्थामा जानकारी दिनु भइ पहल गर्नु भएको थियो ।

यसै सन्दर्भमा सस्थाको अध्यक्ष बिस्वबन्धु थापाको अध्क्ष्यतामा बसेको बैठकले पारित गरेको निर्णय अनुसार सस्थामा रहनु भएको दाजुभाइ तथा दिदीबहिनी बाट स्व-इछ्याले सक्दो सहयोग गर्ने क्रममा नेरु ४७,६३२ संकलन भएको थियो । उक्त संकलित रकम लाइ सम्बन्धित पिडित सामु पुर्याउनको लागि सस्थाकै आजिबन तथा केन्द्रिय सदस्य छेत्र बहादुर गुरुङ(सीबी)ले भूमिका खेल्नु भएको थियो ।

रकम हस्तान्तरणको लागि नेपालमा पूर्व आइजीपी हेम बहादुर गुरुङ गुरुङलाइ उक्त रकम पठाउनु भएको थियो भने कास्की आदर्स सेवा समाज कतारको तर्फबाट सस्थाकै हाल नेपालमा रहनु भएको भूपू केन्द्रिय सदस्य भिम गिरिले सस्थाको तर्फ़ बाट पिडित सामु हस्तान्तरण गर्नमा भूमिका खेल्नु भएको थियो ।

सस्थामा संकलन भएको रकम ब्यबस्थित तरिकाले संकलन गर्नु भएकोमा कोषाध्क्ष्य अग्निधर देबकोटा, संकलित रकम नेपाल सम्बन्धित व्यक्ति सामु पठाउनु हुने क्षेत्र बहादुर गुरुङ, नेपालमा रकम बुझ्नु हुने पुर्ब आइजिपि हेम बहादुर गुरुङ र सहायोग रकम हस्तान्तरण गर्नुहुने भिम गिरिले सबैलाई धन्यबाद व्यक्त गर्नु भयो ।

साथै सोहि दिनै कतारबाट तमु प्ये ल्हु संघ कतार साखाले पनि पिडित सुनिता गुरुङलाइ आर्थिक सहयोग हस्तान्तरण गरेको थियो । दुवै सस्थाको रकम ब्यबस्थित तरिकाले बुझिलिनु भइ सम्बन्धित व्यक्ति बिरामी सुनिता गुरुङलाइ प्रतक्ष्य हस्तान्तरण गरिदिनु भएकोमा पूर्व आइजीपी हेम बहादुर गुरुङ प्रति सस्थाको अध्यक्ष बिस्व बन्धु थापाले धन्यबाद व्यक्त गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend