logo
  • मंगलबार, असोज १३ २०८३

सामुदायीक विद्यालयका शिक्षकहरुको कार्यशाला सम्पन्न


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

कमल पौडेल, बागलुङ साउन ३२ ।
बडिगाड गाउँपालिका भित्र अंग्रेजी माध्ययम सञ्चालन गरेका सामुदायीक विद्यालयका शिक्षकहरुको लागी २ दिने प्रश्नपत्र निर्माण सम्बन्धि कार्यशाला सम्पन्न भएको छ।

त्रिभुवन नमुना माध्यमिक विद्यालय वडिगाड गाउँपालिका वडा नं. २, खर्वाङको व्यावस्थापनमा सम्पन्न भएको तालिममा ६० जना शिक्षकहरुको सहभागिता रहेको थियो।

सो तालिममा विषयगत रुपमा शिक्षकहरुलाई विभाजन गरि प्रश्नपत्र निर्माण गर्दा ध्यान दिनुपर्ने आधार, पठनपाठनमा ल्याउन सकिने एकरुपता लगाएतको विषयमा छलफल र निचोड निकालिएको छ।

सो कार्यपछि निकै फाइदा भएको तथा नमुना प्रश्न पत्र तथा कक्षा संचालन गरिएको त्रिभुवन नमुना मावि खर्वाङका प्रधानाध्यापक ढालमणि भण्डारीले बताउनु भएको छ।

कार्यक्रममा त्रिभुवन नमुना मावि सहित भानु मावि, खड्क देवि मावि, खार मावि, पौंदिटारी निमावि, लगाएतका अंग्रेजी माध्यम संचालन गरेको विद्यालयहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend