logo
  • शुक्रबार, असोज ९ २०८३

तीज पर्वले संस्कृती जोगाउन टेवा पुराएको छ


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

यमलाल भुसाल, वुटवल साउन ३२ ।
महिलाहरुको महान चाड हरितालिका तीज पर्वले संस्कृती जोगाउनका लागि पुराएको योगदानको कदर गर्नु पर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन । पाल्ला जिल्ला रिब्दीकोट १ ख्याहा रुपन्देही सम्र्पक समाजद्धारा शुक्रवार तिलोत्तमाको वनवाटिकामा आयोजित तीज मिलन कार्यक्रममा वोल्ने वक्ताहरुले परम्परावादी संस्कृती जोगाउने तर्फ तीज मिलन कार्यक्रमलाई जोडन आग्रह गर्नु भयो ।

पछिल्लो समयमा तीजका नाममा विकृती मौलाएको र संस्कृतीलाई नै पलाएन गराउने शैलीको विकास भएको तर्फ सचेत रहन वक्ताहरुले जोड दिनु भएको थियो । कार्यक्रममा रिब्दीकोट १ ख्याहाका वडा अध्यक्ष विष्णु गैरेले संस्कृतीको विकासका लागि सामाजिक रुपमा पर्वहरुलाई मर्यादित रुपमा मनाउने शैलीको विकास जरुरी रहेको औल्याउनु भयो ।

समाजका वरिष्ठ सल्लाहकार तथा समाज सेवी गिरिराज गैरे राजुले तीजको महत्व वारे प्रकास पादै तीजलाई मौलिक रुपमा मनाउनु पर्नेमा जोड दिनु भयो । समाजका अध्यक्ष तुल्सी प्रसाद पराजुलीको सभापतित्वमा भएको कार्यक्रममा महा सचिव वसन्त पराजुली लगाएतले तीज मिलन कार्यक्रमले समाजमा एकताको सन्देश फैलाउन महत्व पुर्ण योगदान मिल्ने धारणा राख्नु भएको थियो ।

कार्यक्रममा राष्टिृय कलाकार सपना गाहा, विदान कार्की, दीवाकर पराजुली, सुमी घर्ति लगाएतको वेजोड प्रस्तुती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend