साझा नेटवर्क
हुमाकान्त पोखरेल,गुल्मी साउन ३२ ।
परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले आन्दोलनरत विप्लव समुहको नेकपा माओवादीसँग वार्ताको ढोका सधै खुल्ला रहेको बताएका छन् ।
शनिवार गुल्मीमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले नेकपा विप्लप माओवादीसँग वार्ता गर्न सरकार सधै तयार रहेको बताएका हुन् । ‘विगतका दिनहरुमा सरकारले वार्ताको लागि धेरै पहल ग¥र्यो, तर सरकारको प्रयासलाई उहाँहरुले कमजोरीको रुपमा लिनुभयो ।’ मन्त्री ज्ञवालीले भने, ‘अझै पनि वार्तामा आए उहाँहरुलाई स्वागत गर्दछौ ।
’ विगतमा माओवादीको शसस्त्र युद्धको समेत वार्ताकै माध्यमबाट समाधान भएकोले अहिलेको समस्या पनि वार्ता र छलफलकै माध्यमबाट समाधान खोजिने बताए । नेकपा विप्लप माओवादीले वार्तामार्फत समाधान खोजेमा ‘रेर्ड कार्पेट’ विछ्याएर स्वागत गर्ने बताए । तर नागरिक, सरकारी सम्पत्तिमाथि तोडफोड जस्ता क्रियाकलाप गरेमा राज्यले कठोर निर्णय लिने बताए ।
अर्को प्रसङ्गमा मन्त्री ज्ञवालीले अहिलेसम्मको कार्यकालमा सरकार सफल भएको दाबी गरे । पहिलो बर्ष विकासको आधार बर्ष भएकोले धेरै उपलब्धि नदेखिएको उनले बताए । तर आगामी दिनहरुमा विकासका कामहरुको प्रतिफल आउने बताए । ‘संविधान र संघियताको सफल कार्यान्वयन गरेका छौँ, आर्थिक बृद्धिमा पनि सुधार गरेका छौ ।
’ उनले भने, ‘देशले विकासको मार्ग समाएको छ ।’ साथै कर्मचारी व्यवस्थापन, सामाजिक सुरक्षा, प्रधानमन्त्री रोजगार कार्यक्रम, वैदेशिक सम्बन्ध सुधार जस्ता महत्वपूर्ण काम सरकारले गरेकोले अब थप नयाँ योजनाका साथ अगाडी बढ्ने बताए । पहिलो बर्ष नै वैदेशिक रोजगारीमा जाने युवाहरुको सङ्ख्या ३७ प्रतिशतले घटेको, वैदेशिक लगानीमा बृद्धि भएको जस्ता सुधारका काम गरिएको बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend