logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीमा वडाध्यक्षको पदमा पुनः निर्वाचन हुँदै


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

हुमाकान्त पोखरेल, गुल्मी साउन ३१।
आगामी मंसिर १४ गते हुने पुनः निर्वाचनमा गुल्मीमा एक वडाध्यक्षको पदमा निर्वाचन हुने भएको छ । जिल्लाको रुरु गाउँपालिका वडा नम्बर ६ को रिमुवामा अध्यक्ष पदको लागि पुनः निर्वाचन हुने भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सोहि वडाका अध्यक्ष पुर्ण बहादुर रेगामीको २०७५ साउन १३ गते निधन भएको थियो । उनले पूर्व एमालेको तर्फबाट उम्मेद्धारी दिई वडाध्यक्षको पदमा जित हाँसिल गरेका थिए । उनले ६२८ मत ल्याएका थिए भने उनको प्रतिद्धन्ति नेपाली काङ्ग्रेसका वेद बहादुर दर्लामीले ६१९ मत ल्याएका थिए ।

२०७४ को प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचन अनुसार उक्त वडामा कुल एक हजार ९६७ मतदाता रहेका छन् । तर अन्तिम नामावली भने अझै प्रकाशन नभएकोले उक्त सङ्ख्यामा भने केहि हेरफेर हुनसक्ने जिल्ला निर्वाचन कार्यालयका प्रमुख राजेन्द्र प्रसाद पोखरेलले जानकारी दिए ।

गुल्मीदरबार गाउँपालिका वडा नम्बर ७ का वडासदस्य थम्मन बहादुर बस्नेतको पनि ०७४ भदौ २६ गते निधन भएको थियो । तर वडाध्यक्ष, स्थानीय तहको उपाध्यक्ष, अध्यक्ष, प्रदेश र प्रतिनिधिसभा सदस्य बाहेक अन्य सदस्यहरुको हकमा पुनः निर्वाचन हुने व्यवस्था छैन । जसले गर्दा गुल्मीदरबारमा पुनः वडासदस्यको पदमा निर्वाचन नहुने कार्यालयका प्रमुख पोखरेलले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend