logo
  • शनिबार, साउन ३० २०८३

बहुमुखी प्रतिभाको धनी गायीका सोना अमात्य


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

सपना चन्द, काठमाडौँ ।
सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल नाम हो गायिका सोना अमात्य। दर्जनौ चर्चित गीतहरु नेपाली सांगीतिक बजारमा पस्केर लाखौ दर्शक श्रॊताहरुको मन मुटुमा बस्न सफल भएकी सोना आफैमा चर्चित तथा स्थापित नाम हो । काठमाडौँ महानगरपालिका डल्लुमा जन्मिएकी गायिका सोना अमात्य सानै उमेरबाट संगीतमा रुचि भएकाले छ वर्षको उमेरदेखि शास्त्रीय संगीत सिक्न थालेकी थिइन्।

त्यो समयमा उनले धेरै गुरुहरूसँग संगीत सिक्दै, अहिले शशिविक्रम थापासँग शास्त्रीय संगीत सिकिरहेकी छिन। बाल्यकालमा पनि फुर्सद हुने बित्तिकै गीत गाउन सुरु गरिहाल्ने उनि संगीतलाई सरस्वतीको प्रसाद ठान्छिन । परिवारको साथ सहयोगले सांगीतिक आकाशमा फड्को मार्न सफल उनि जादुमय आवाजकी धनि छिन ।

बिगत ६ बर्ष देखि ब्यबसायिक सांगीतिक यात्रा सुरु गरेकी उनको गाएको पहिलो गीत ‘पल पल’ हो। यसमा उनले कलाकार मदनकृष्ण श्रेष्ठसँग गाएकी छिन् र मोडलिङ पनि उनैसँग गरेकी छिन्। पहिलो गीत नै मदन दाइसँग गाउन पाउनु मेरो लागि ठूलो कुरा थियो, उनी सम्झिन्छिन्, एक्लै गीत गाएको देखेर मलाई हौसला दिन उहाँले मसँग गीत गाउनुभयो।

‘म त खुल्ला छु’, ‘डाली चरी’, ‘किन आत्तिनु केलाई मात्तिनु’, ‘तिम्रो र मेरो सम्बन्ध’ लगायत दर्जनौ चर्चित गीतहरु गाएकी छिन्। आफ्ना गीतमा प्रायः उनी आफैँ मोडलिङ गर्छिन् उनि। ‘मोडलिङ गर्छु भनेर गरेको होइन,’ उनी भन्छिन्, मोडलिङको कोसिस मात्र गरेकी थिएँ। दर्शकले रुचाउनुभयो। दर्शकको मायाले गायिका र मोडलिङमा सक्रिय बनायो ।

यी सुन्दरी गायिका सुन्दर तन संगै सुन्दर मनकी पनि धनि छिन । सरल सधै हासेर बोल्ने अतिनै मिलनसार स्वभाबकी मिठो आवाजको धनि गायिका सोनाले धेरै कार्यक्रममा अवार्ड र सम्मान समेत पाइसकेकी छिन । उनलाई एक बहुप्रतिभाशाली, भर्सलटाइल गायिका तथा मोडेल भन्न सकिन्छ। साच्चै उनीमा हर प्रकारको गीत गाउन सक्ने क्षमता पनि छ त्यसैले त उनी भन्छिन् गीत संगीत मेरो प्राण हो, संगीत मेरो रगतमा छ र मेरो हरेक धड्कनमा छ ।

‘डिजिटल मार्केटिङ’ विषयमा स्नातकोत्तर गरेकी सोना उद्यमीसमेत हुन्। उनको आफ्नै फुलसर्कल विज्ञापन एजेन्सी छ। उनी मेहनतमा विश्वास गर्छिन्। अफिस र संगीतको तालमेल मिलाउन कहिलेकाहीँ हम्मे–हम्मे पर्छ, उनी सुनाउँछिन्, अफिसबाट बचेको समय गीतका लागि छुट्याउँछु।जहाँ इच्छा, त्यहाँ उपाय भनेजस्तै इच्छा भएमा समय त जसरी पनि मिलाउन सकिँदो रहेछ।’ फुर्सदको समयमा आफ्नै कार्यालयमा समेत संगीत सिक्दै रमाउने उनि भन्छिन् गित संगीत संस्कृति भनेको हाम्रो सम्पति हो यसलाई बचाई राख्नु अनि संरक्षण र प्रबर्धन गर्नु हाम्रो कर्तब्य पनि ।

काममा सधै व्यस्त रहन रुचाउने उनलाई युवा पुस्ता अल्छी भएर बसेको फिटिक्कै मन पर्दैन। ‘युवाले आफ्नो समय बर्बाद गर्नु हुँदैन,’ उनी भन्छिन्, ‘आफूलाई केही न केही काममा व्यस्त राख्नुपर्छ। गित संगीतमा राम्रो भबिष्य देख्ने सोना फुर्सदमा देश विदेशको भ्रमण गर्न रुचाउछिन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend