साझा नेटवर्क
दोहा ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आठौं महाधिवेशनवाट २०१९ — २०२१ कार्यकालका लागि निर्वाचित हुने नयाँ कार्यसमितिका लागि अध्यक्षको उम्मेद्धारी मनोनयन गरेका तेज कटुवालको पक्षमा माहोल वनेको छ ।
सवैका साझा उम्मेद्धारका रुपमा अघि सरेका कटुवाललाई सम्पुर्ण अग्रज अभियन्ताहरुका साथै कतारमा कृयाशिल १०० भन्दा वढि संघ संस्थाहरुको सहयोग मिलेको छ । कटुवालको उम्मेद्धारीलाई कतारमा रहेको सामाजिक संस्था नेपाली जनसम्पर्क समितिले समेत समर्थन गरेको छ । त्यसै गरि आईसीसीमा प्रतिनिधित्व गर्ने अभियन्ताहरुको समेत उनलाई पुर्ण साथ रहेको छ ।
सातै वटा प्रदेशका समन्वय परिषद, जिल्ला संस्थाहरु, जातिय पहिचान वोकेका मातृसंस्थाहरु र साथै गैरआवासिय नेपाली अभियानमा लामो समयदेखि सकृय वन्दै आएका सम्पुर्ण अभियन्ताहरुको साथ पाएपछि कटुवाल एनसीसी कतारको अध्यक्ष वन्ने माहोल वनेको हो ।

एनसिसि कतारको २०१९ — २०२१ कार्यकालकाालगि जम्म ४२९८ परिषद सदस्य रहेका छन् । ति सदस्यहरुले प्रत्यक्ष मतदान प्रणाली वमोजिम कार्यसमिति चयन गर्नेछन् । २३ अगष्टका २०१९ का दिन नेपाली राजदुतावास कतारमा प्रत्यक्ष निर्वाचन हुनेछ ।
कटुवालले एनआरएनए अभियानमा गरेका योगदान र उनले चुनाव जित्ने आधार
एनआरएएनसिसि कतारको २०१५ — २०१७ कार्यकालमा कार्यसमिती सदस्य पदमा निर्वाचित कटुवाल कार्य कुशलताका आधारमा नै सचिवालय सदस्य भई निर्णयकारी भुमिकामा उभिएका थिए । सोहि कार्यकालको २०१६ — २०१७ को अवधीमा कार्यवाहक महासचिव भई संस्थालाई हाँक्ने अवसर पाएका थिए । सातौं महाधिवेशन सफलतापुर्वक सम्पन्न गर्नका लागि कटुवालको भुमिका अत्यन्त महत्वपुर्णं रहेको थियो ।
गैरआवासिय नेपाली संघको २०१६ मा कतारमा आयोजित मध्यपुर्व क्षेत्रिय भेला आयोजनामा आयोजक समितिमा वसेर अत्यन्त महत्वपुर्ण भमिका निर्वाह गरेका थिए । सोहि समयमा मध्यपुर्वका एनआरएन अभियन्ताहरुले निजको कार्य सम्पादनको खुलेर प्रशंसा गरेका थिए ।
२०१७ — २०१९ कार्यकालमा कटुवालले प्रथम उपाध्यक्षमा निर्वाचित भएर सफलतापुर्वक कार्य सम्पादन गरेका छन् । सोहि कार्यकालमा अधिकांश समय कार्यवाहक अध्यक्षको भुमिका निर्वाह गर्दै अध्यक्षले खेल्न पर्ने भुमिकालाई तिखारेका कटुवाललले कतारका १०० भन्दा वढि संघसंस्थाहरुसँग समन्वय गरि विभिन्न सामुहिक कार्य गर्नका लागि भुमिका निर्वाह गरेका छन् ।
कटुवाल कै अग्रसरतामा सामुहिक र संस्थागत रुपमा गरिएका कार्यक्रमहरु एनआरएनए ईतिहासमा नै सवै भन्दा वढि सफल भएको मानिएको छ ।
यसर्थ कटुवालको सामाजिक योगदानका आधारमा र सवैको समर्थन र साथ पाएका आधारमा अध्यक्षमा निर्वाचत हुने निश्चित भएको छ ।
हाल कटुवालका प्रतिस्पर्धिका रुपमा देखिएका मो. मुक्तदा मुसलमान यस अघि २ पटक निर्वाचन हारिसकेका उम्मेद्धार हुन् । समाजले २ पटक पराजित गरिसकेका मुसलमान यस पटक पनि हार्ने निश्चित भएको छ ।
सामाजिक भुमिकामा खासै सकृय नरहेका मुक्तदा मुसलमान व्यवसायी हुन् । पदका लागि सदैव ठुलो रकम खर्चिन पछि नपर्ने यिनले यस पटक पनि निकै ठुलो रकम खर्चेको उनका नजिकका साझेदारहरु वताउछन् ।
पैसा खर्चेर भन्दा सामाजिक रुपमा उदार रहेरमात्र चुनाव जितिन्छ भन्ने आम समाजले भन्दै आएको छ । कटुवालको दाँजोमा मुसलमानको सामाजिक योगदान एकदम कमजोर छ । तसर्थ यसपटक पनि हारेर यिनले पराजित हुने सिलसिलामा ह्याट्रिक गर्ने समाजिक जानकारहरु वताउछन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend