logo
  • शुक्रबार, असोज ९ २०८३

नेपाल कम्यूनिष्ट पार्टि रिघाको भेला तथा बैठक सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कमल पौडेल,बाग्लुंग साउन २८ । 

नेपाल कम्यूनिष्ट पार्टि (नेकपा) गल्कोट नगरपालिका वडा नं. ११ रिघाको वडा भेला तथा वैठक ठूलो रिघामा सम्पन्न भएको छ ।भेलाको उद्घाटन गर्दै नेकपाका गण्डकी प्रदेश कमिटि सदस्य फमलाल न्यूरेले पार्टि जनआकंक्षा भन्दा वाहिर हुन नसक्ने वताउनु भएको छ । राजनितिकर्मि जनताको दुःख सुखको साथी भएको भन्दै सवै कार्यकर्तालाई सामाजिक सेवामा लाग्न आह्वान गर्नुभएको छ ।

त्यस्तै जिल्ला कमिटि सदस्य गंगा भुजेलले कार्यकर्ताको व्यवहार सिद्धान्त निष्ठ हुनुपर्ने भन्दै पार्टि निर्माणमा लाग्न आग्रह गर्नुभएको छ। कार्यक्रममा नेकपा गल्कोट नगरकमिटि अध्यक्ष ललित श्रीस थापा, नगरकमिटि सचिव डम्बर श्रीस, युवा नेता दान वहादुर श्रीस, पूर्व गाउँकमिटि अध्यक्ष धिरेन राजवंशि लगाएतले प्रशिक्षणात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो । सो कार्यक्रममा नेकपाको टोल कमिटिको समेत गठन गरिएको थियो । जस अनुसार साविक वडा नं. ४ मा खिम बहादुर विकको संयोजकत्वमा ४५ सदस्यिय टोल संगठन कमिटिको गठन गरिएको छ । जसको सचिवमा नर वहादुर विक रहनुभएको छ ।

त्यस्तै साविक वडा नं. ५ मा दुर्गा वहादुर विकको संयोजकत्वमा १५ सदस्यिय टोल संगठन कमिटिको गठन गरिएको छ। जसको सचिवमा भिम बहादुर श्रीस रहनुभएको छ । कार्यक्रम नेकपा वडा कमिटि अध्यक्ष श्यामलाल विकको अध्यक्षता, नगरकमिटि सदस्य देवेन्द्र पुनको स्वागत मन्तव्य तथा वडा सचिव पूर्ण थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend