logo
  • शनिबार, भाद्र २० २०८३

कृष्ण पन्थीले दिए NRNA कतारको सदस्य पदमा उम्मेदवारी


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, दोहा ।
गैर आवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद कतारको चुनावी माहोल नजिकिदै गर्दा नवलपरासीका कृष्ण पन्थीले सदस्य पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । बिगत ४/५ बर्षदेखि कतारमा कार्यरत पन्थी विभिन्न सामाजिक क्षेत्रमा आवद्ध रहदै सामाजिक कार्यबाट आफुले आर्जन गरेको अनुभवको आधारमा सदस्यमा उम्मेदवारी दर्ता गरेको बताए।

कतारमा रहेर निरन्तर समाज सेवामा सक्रिय पन्थी कतारमा स्थापित विभिन्न सामाजिक संस्थाको नेतृत्व गर्नुका साथै सामाजिक कार्यमा निरन्तर लागि रहेका छन् ।

“गैरआवसिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, कतार” को सदस्य पदमा मेरो उम्मेदवारी ।

आदरणीय गैरआवसिय नेपाली संघका सस्थापक एबम अग्रज अभियन्ताज्युहरु, पंजिकृत सदस्य महानुभावहरु, कतारमा स्थापित सम्पुर्ण संघसस्थाका प्रमुख तथा पदाधिकारीज्युहरु, कतारबासि नेपालि दाजु भाई तथा दिदी बहिनिहरु,पत्रकार मित्रहरु NRNA NCC कतारको सदस्य पदमा रहि थप जिम्मेबारि निर्बाह गर्ने सोचका साथ अगडि आउने क्रममा आफुभन्दा अग्रज ब्यक्तित्वज्युहरुको आग्रह तथा उहाहरुको भनाइलाई मनन गरि उहाँहरुबाटै सिफारिश भई आउनुभएका उम्मेदवार ब्याक्तित्वज्युलाई सहजिकरण गराएको कुरा यहाहरु सबैलाइ जनकारि गराउन चाहान्छु ।

बिगत ४/५ बर्षदेखि दोहाका सामाजिक सस्थामा बसेर मैले काम गर्दै गर्दा सस्थामा मैले सिकेको र मैले महसुस गर्दै आएको श्रमीक हकहितको कामको लागि सबैको साझा सस्थामा रहेर कार्य गर्ने उद्देश्य अनुरुप आगामी अगस्ट २३ तारिखका दिन हुन लागिरहेको गैर आवासीय नेपालि संघ कतारको २०१९-२०२१ कार्यकालको निर्वाचनका लागि सदस्य पदमा मैले उम्मेदवारी दिएको कुरा यहाँहरु सबैलाई सहर्ष जानाकारी गराउन चाहन्छु ।

उक्त भुमिकामा आउन र रहनकालागी यहाँहरुको साथ सहयोग र आवश्यक आधारको लागि तपाईहरु सम्पुर्णलाई सहयोगका लागी हार्दिक अपिल गर्दछु ।

 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend