साझा नेटवर्क
साझा नेटवर्क, कतार ।
“आदिवासी भाषाहरुको अन्तर्राष्ट्रिय वर्ष” भन्ने मुल नाराको साथमा २५औं विश्व आदिवासी दिवस-२०१९ सम्पन्न भएको छ । कतारमा रहेका नेपाली आदिवासी जनजाति जातीय संस्थाहरुले संयुक्त रुपमा एक कार्यक्रमको आयोजना गर्दै दिवस मनाएका हुन् ।

कार्यक्रम नेपाल मगर संघ, नेपाल तामाङ घेदुङ प्रवास समिति, तमु प्ये ल्हु संघ, लि:ल फाङ घले समाज, नेपाली धानुक सेवा समाज, नेपाल प्रवासी दनुवार संगठन र प्रवासी तजपुरिया समाजको सयुक्त आयोजनामा अल दल्ला ड्राइभिङ स्कुलमा नेपाल मगर संघ, शाखा कतारका अध्यक्ष शेर बहादुर रोका मगरको सभापतित्व तथा एनआरएन एकतारका अध्यक्ष नवीन पोखरेलको प्रमुख अतिथ्यमा २५औं आदिवासी दिवस सम्पन्न भएको हो ।

कार्यक्रममा बिशिस्ट अतिथिहरु नेपाल पत्रकार महासंघ शाखा कतारका सदस्य कवि तिर्थ संगम राई, प्रवासी एकता मन्च कतारका अध्यक्ष चानक पोखरेल, जन सम्पर्क मन्च कतारका महामन्त्री अजिज अलि, नेपाली समाज कतारका संरक्षक हिराधन राइ, जनमुक्ति मन्चका महासचिव राज किरण तामाङ, नेपाली एकता समाजका केन्द्रिय सदस्य र विवेकशील नेपाली समाजका अध्यक्ष हुनुहुन्थ्यो , अतिथिहरुमा आयोजक संस्थाहरुका प्रमुख, संरक्षक , प्रमुख सल्लाहकार साथै समाजसेवी,बुद्धिजिवि तथा ब्यबसायीहरु, प्रदेशहरु, जिल्लावासी संघ संस्थाहरु,विभिन्न धार्मिक तथा जातीय संघ संस्थाहरु, साहित्यिक तथा कलाकेन्द्रहरु, पत्रकारहरु,रहेका थिए ।

कार्यक्रममा सभापति, प्रमुख अतिथी, बिशिस्ट अतिथी र अतिथिहरु बाट दिप प्रज्वलन र ब्यानर अनावरण गरेर कार्यक्रममा शुरु गरिएको कार्यक्रममा राष्ट्रलाई सम्मान गर्दै नेपाली राष्ट्रिय गान उपस्थित सम्पुर्णले गाउनका साथै नेपालका प्रथम सहिद क्या.लखन थापा मगर साथै अन्य ज्ञात अज्ञात सहिदहरुको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो उपस्थित सम्पुर्णलाई धानुक सेवा समाजका महासचिव प्रेम मण्डलले स्वागत मन्तव्य राखेर स्वागत गरेका थिए।

कार्यक्रमको बारेमा नेपाल तामाङ घेदुङ प्रवास समितिका अध्यक्ष योगेन्द्र तामाङले जानकारी दिएका थिए कार्यक्रममा औपचारिक कार्यक्रम संचालन मगर संघ,कतारका महासचिव बिजय मगरले साँस्कृती कार्यक्रम नेपाल तामाङ घेदुङ प्रवास समिति, कतारका सचिव बिकास स्याङ्तान तामाङ र तमु प्ये लु संघ, कतारका सदस्य सोनीका गुरुङले गर्नु भएको थियो।
कार्यक्रममा कतारमा रहेका नेपालीहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा अतिथिहरु प्रदेश न. ५, गण्डकी प्रदेश, जातिय भेदभाव , नारायण भण्डारी, आयोजक संस्थाहरु बाट तमु प्ये लु संघ कतार , लि:ल फन घले समाज कतार, साथै बिशिस्ट अथितिहरुले मन्तव्य राख्दै २५औं आदिवासी दिवसको शुभकामना ब्याक्त गर्दै कार्यक्रम सब्य र भब्य रुपले सप्पन्न भएकोमा आयोजक लाई बधाई दिनु भयो।
कार्यक्रममा आयोजक संस्थाहरु बाट आफ्नो मौलिक झल्काउने झाकी प्रर्दशनले साथै साँस्कृतिक प्रस्तुतिहरुले पनि कार्यक्रममा उपस्थित सम्पुर्ण जनमानसको मन जितेको थियो कार्यक्रममा प्रमुख अतिथी एन आर एन ए (एन.सि.सि) कतारका अध्यक्ष नवीन पोखरेलले मन्तव्य राख्ने क्रममा २५ औं बिश्व आदिवासी दिवसको शुभकामना दिदै नेपालका आदिवासी जनजातिहरु को कला संस्कृती आफैमा मौलिक रहेको र यस्ले हाम्रो नेपालीहरु को पहिचानलाई बोकेको साथै यस्ता झाँकिहरुले पनि नेपालको पर्यटनमा वृद्धिमा बिशेश भुमिका रहेको कुरा प्रष्ट पार्दै कार्यक्रम सब्य र भब्य रुपमा सफल रहेको बताउनु भयो ।
अन्त्यमा कार्यक्रमका सभापति नेपाल मगर संघ, शाखा कतारका अध्यक्ष शेर बहादुर रोका मगरले सम्पुर्ण २५ औं आदिवासी दिवस कार्यक्रमका मुल आयोजक समितिलाई धन्यवाद दिनु भयो साथै कार्यक्रममा उपस्थिति रहनुहुने प्रमुख अतिथी, बिशिस्ट अतिथीहरु, अतिथिहरु, समाजसेवी, बुद्धिजीवी, ब्याबसायी र कार्यक्रम सफल बनाउन सहयोग गर्ने सहयोगीहरु सम्पुर्णलाई धन्यवाद दिदै २५ औं आदिवासी दिवसको शुभकामना सहित कार्यक्रम समापन गर्नुभएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend