logo
  • मंगलबार, असोज १३ २०८३

संगित क्षेत्रमा कलम चलाएका खत्री संम्मानित


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

तिलाचन पाण्डे,गुल्मी साउन २५ ।
लामो समयदेखी लोक बिधा संगै संगित क्षेत्रमा कलम चलाएका अनिल खत्री पुरस्कृत भएका छन् । शनिवार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा गुल्मीको छैठौं जिल्ला अधिबेशनको अबसरमा सदरमुकाम तम्घासमा राखेको कार्यक्रमा उनलाई पुरस्कृत गरेको हो ।गुल्मीमा रहेर एक दशक वढि समय यता पत्रकारिता गर्दै आएका खत्रीलाई जिल्लाको सांगीतीक क्षेत्रमा कलम चलाएको भन्दै ‘लोक पत्रकारिता’ पुरस्कारले पुरस्कृत गरेको हो । पुरस्कृत भएका खत्रीलाई राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल केन्द्रिय निवर्तमान अध्यक्ष चन्द्र शर्मा प्रतिष्ठान गुल्मीका अध्यक्ष जनक पन्तले नगद र सम्मान पत्रले सम्मन गरेका थिए ।

पत्रकार खत्री नेपाल पत्रकार महासंघ गुल्मीका उपाध्यक्ष समेत रहेका छन् । उनि जिल्लामा रहेर राष्ट्रिय र स्थानिय सञ्चार माध्यममा काम गर्दै आएका छन् । प्रतिष्ठान गुल्मीले प्रत्येक अधिबेशनको अबसरमा एक जना पत्रकारलाई पुरस्कृत गर्दै आएको छ । पत्रकार खत्री सहित अरु ३ जना सामाजिक व्याक्तित्वलाई पनि सम्मान गरिएको थियो ।

जिल्ला सदरमुकाम तम्घासमा सर्बप्रथम मोटरबाटो ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मदाने गाउँपालिका १ निवासी बैकुण्ठबहादुर चन्द र शिबिलइन्जिनियर रेसुङ्गा नगरपालिका वडानम्बर ८ निवासी हिराबहादुर भलामीलाई सम्मान गरिएको थियो । प्रतिष्ठान गुल्मीका संस्थापक एवं निर्वतमान अध्यक्ष रेसुङ्गा नगरपालिका वडानम्बर १३ निवासी खुमबहादुर खत्रीलाई सम्मान गरिएको थियो ।

चन्द र भलामीलाई जिल्लाको बिकासको निम्ति महत्वपूर्ण भूमिका खेलेको भन्दै बिकास दुतको रुपमा सम्मान गरिएको थियो । भने खत्रीलाई प्रतिष्ठान गुल्मीमा रहेर कला संस्कृतिको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको हो ।

त्यस्तै संस्थालाई सहयोग गरेको भन्दै प्रतिष्ठानका केन्द्रिय निर्वतनमान अध्यक्ष चन्द्र शर्मा, पत्रकार मदन खनाल, उत्कृष्ट सदस्य तर्फ प्रकाश बस्नेत, सञ्जीवनी अर्याल, समाजसेवी मानबहादुर श्रेष्ठलाई सम्मान गरिएको थियो ।

‘पुराना श्रष्टा र सर्जकलार्ई सम्मान र नयाँ प्रतिभालाई प्रोत्साहन’ भन्ने नाराका साथ शनिवार गुल्मीको सदरमुकाम तम्घासको वालमन्दीर परिसरमा सांस्कृतिक कार्याक्रमहरु सहित गुल्मी लोक तारा दुईको उत्कृष्ट छनोट र जिल्ला शाखाको छैठौं जिल्ला अधिबेशन पनि सम्मपन्न गर्दै छ । अधिबेशनको अबसरमा २ दर्जन बढि राष्ट्रिय कलाकारसँगै साँस्कृतिक कार्यक्रम राखिएको थियो ।

कार्यक्रममा प्रतिष्ठानले सञ्चालन गरेको गुल्मी लोक तारा दुइलाई सम्पन्न गर्ने सहयोगी संथालाई पनि सम्मान गएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend