logo
  • शुक्रबार, असोज ९ २०८३

कतार नेपाली एकता समाजले दुर्गा खरेललाई स्वागत गर्यो


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

उद्धव मगर, कतार ।
कतार नेपाली एकता समाजको निमन्त्रणमा नेपालबाट आउनु भएका प्रशीक्षक दुर्गा खरेललाई कतार नेपाली एकता समाजको केन्द्रिय समितिद्धारा भव्य स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
मुस्लिम धर्मावम्बीहरुको दोस्रो महान चाड ईदुल बकर ईदको अवसरमा कतार नेपाली एकताको आयोजनमा हुन लागिएको प्रशिक्षण कार्यक्रममा सहभागी हुन नेपाल देखि आएका कुसल प्रशिक्षक तथा अखिल नेपाल  बुद्घिजिवि संघका केन्द्रिय सदस्य दुर्गानाथ खरेल अहिले कतार आइपुगेका छन ।
समाजले एक कार्यक्रमको आयोजना गरी प्रशिक्षक दुर्गा खरेल संग परियचयात्मक तथा स्वागत कार्यक्रम गरेको छ । समाजका सदस्य तथा यस संस्थाप्रति झुकाव राख्नुहुने आम शुभ चिन्तकहरुको उल्लखनीय उपस्थितीको रहेको कार्यक्रममा आफ्नो परिचय दिंदै यस कार्यक्रममा उपस्थिती रहनु भएका सम्पूर्णलाई धन्यवाद दिनु भएको थियो ।

अन्तमा सौहार्दपुर्ण वातावरणमा कार्यक्रम सम्पन्न भएको संस्थाका अध्यक्ष हेमन्त वाइवाले घोषणा गर्नु भएको थियो । भने कार्यक्रम सञ्चालक समाजका महासचिव खिम बुढा मगरको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend