साझा नेटवर्क
दोहा ।
अन्तरास्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर र नबोदित साहित्य वाचनालय कतारको संयुक्त आयोजनामा सम्पन्न हुने बाचन डबलीको ९५ औ श्रृङखला अगस्ट ९ तारिख शुक्रबारको दिन कतारको दोहा स्थित सालिमार प्यालेस रेस्टुरेन्टमा भब्य रुपमा सप्पन्न भएको छ ।

कार्यक्रममा सामजिक अभियान्ता धनकुटाका रकम राई बिशिस्ट स्रोताका रुपमा रहेका थिए। कार्यक्रम संयोजक अनिल परिबर्तन रहेको उक्त कार्यक्रममा अनेसास कतार च्याप्टरका सल्लाहकार तिर्थ संगम राई, अनेसास कतार च्याप्टरका अध्यक्ष प्रेम प्रसाद भट्टराई, नबोदित वाचनालय कतारका अध्यक्ष दिलिप पराजुली, नेपाल पत्रकार महासंघ कतारका निबर्तमान अध्यक्ष, अनेसास कतार च्यापटरका सल्लाहकार गणेश बन्जाडे लगाएत कतारमा कार्यरत करिब ४ दर्जन भन्दा साहित्यकारहरुको उपस्थिती रहेको थियो।
कार्यक्रम राष्ट्रिय गान गाएर प्रारम्भ भएको थियो भने करिब दुई दर्जन भन्दा बढि श्रस्टा तथा सर्जकबाट विभिन्न किसिमका कबिता गजल मुक्तक लगाएतका साहित्यिक रचनाहरु बाचन गरिएका थिए ।
जस अनुसार सानू थपलिया (गजल),सुरेश परियार आभाष (गजल)तिर्थ संगम राई ( कबिता) देब क्षेत्रि ( गजल), ( गजल ),राम आचार्य “सायर” ( गजल ), महेन्द्र खड्का गजल ,निरन नेपाल्( गजल), ( गजल),स्वतन्त्र नेपाल (गजल),सेखर बस्नेत (गजल ), रुप रसाइली (गजल र कबिता) ,नारायण भन्डारी (गजल), चक्र कार्की (गजल), बुद्ध राज राई (गजल)लिलानाथ घिमिरे (कबिता)युबराज अधिकारी (गजल) ,तिलु शर्मा पौडेल (गजल) चिरञ्जीवी तिम्सिना (कविता) सिताराम थापा (कबिता)मणि पौडेल (गजल)लेख कार्की (गजल),श्याम रानाभाट खड्का (गजल), दिलिप पराजुली (गजल), प्रेम प्रसाद भट्टराई (गजल) लगाएतका श्रष्टा तथा सर्जकहरुका रचनाहरु बाचन गरिएका थिए।
अन्त्यमा कार्यक्रमका बिशिस्ट स्रोता तथा विभिन्न संघ सस्था तथा समाजसेवामा आबद्ध रकम राई द्वारा प्रबासमा रहेर पनि नेपाली साहित्यमा कलम चलाउने साहित्यकारका रचनाले सकारात्मक समाजको निर्माण गर्नमा मद्दत पुगेको र प्रबासको साहित्यलाई नेपाल सम्म जोडनु पर्ने बताए ।
रोजगारीको साथसाथै आफ्नो भाषा, साहित्य प्रती माया राख्ने अनेसास नबोदित स्थापना देखि बर्तमान कार्यसमिति, पदाधिकारी साहित्यकार सम्पुर्णमा धन्यबाद दिदै कार्यक्रम समापन गरेका थिए। कार्यक्रम संचालन संयोजक अनिल परिवर्तनले गरेका थिए।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend