logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मी सत्यवतीका पहिरो प्रभावितलाई नेकपाको सहयोग


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

हुमाकान्त पोखरेल, गुल्मी साउन २४ ।
नेपाल कम्युनिष्ट पार्टी गुल्मी काठमाडौ सम्पर्क मञ्चले गुल्मीको सत्यवती गाउँपालिका ३ लुम्पेक र ४ लिम्घाका पहिरो प्रभावितलाई सहयोग गरेको छ । शुक्रबार सम्पर्क मञ्चले ११ सय थान कपडा प्रदान गरेको छ ।

जसअन्तरगत कम्बल, टिसट, औषधी, जाडोमा लगाउने हुक, पाइन्ट लगायत रहेका छन् । त्यस्तै लिम्घाको लागि ७० हजार नगद र लुम्पेकको लागि एक लाख नगद रकम पनि प्रदान गरेको मञ्चका अध्यक्ष श्रीप्रसाद पाण्डेले जानकारी दिए ।

त्यस्तै लुम्पेकका सुत्केरी तथा बृद्धबृद्धाको लागि पोषण खर्चस्वरुप एक लाख रुपैँया पनि प्रदान गरिएको पाण्डेले बताए । राहत रकम सम्बन्धित वडाका वडाध्यक्षहरुलाई प्रदान गरिएको थियो ।

गत साउन ११ गते जिल्लाको सत्यवती गाउँपालिकाको लिम्घा र लुम्पेकमा पहिरोले घर बगाउँदा १३ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend