साझा नेटवर्क
साझा नेटवर्क, बुटवल ।
पछिल्लो समय अत्यन्तै चर्चामा पुग्न सफल लोक दोहोरि गायीका शान्ति श्री परियारका धेरै गीतहरु बजारमा सार्बजनिक हुनेक्रम बढेको छ । बोल माया, गलबन्दी लगायत थुप्रै गीत करोड क्लबमा पुग्न सफल भएका छन ।
![]()
हरितालिका तीज संगै विभिन्न तीज गीत आउने क्रम संगै भर्खरै मात्रै तीजगीत “कम्मरै ढल्कायो” सार्बजनिक भएको छ । अविरल फिल्म्सको बजार ब्यबस्थापनमा मनु सुनारको प्रस्तुतिमा मनु सुनार , शान्ति श्री परियार, रबिन सुनार को आवाज रहेको छ भने बिशाल परियारको शब्द र रुरु सागर सेन्चुरीको लय रहेको छ ।
अविरल फिल्म्सले बजार ब्यबस्थापन तथा दृश्य निर्माण गरेको भिडियोलाइ बिष्णु भट्टराईले निर्देशन छायांकन तथा सम्पादन गरेका छन् । बिकाश, रेजिना, शंकर, रंजिनाको अभिनय रहेको भिडियोमा सगुन शर्माको हेयर तथा मेकअप् रहेको छ । बिनोद बजुरलिको एरेन्ज रहेको गीत मालाश्री स्टुडियोमा रेकर्डिङ्ग गरिएको हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend