logo
  • शनिबार, भाद्र २० २०८३

NRNA कतारको महिला संयोजकमा अम्बिका खत्रीको उम्मेद्वारी


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, दोहा ।
तनहुँ भानु नगरपालिका ८ की अम्बीका खत्रीले गैह्र आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आगामी आठौं महाधिवेशको आगी आफुलाई महिला संयोजकमा आफ्नो उम्मेदवारी दर्ता गरएकी छ्न ।

शुक्रबार मनोनयन दर्ता गरेसंगै सामाजिक संजाल फेसबुकमा आफ्नो घोषण पत्र पोष्ट गर्दै समुदायलाई सही मार्ग निर्देश गर्न एवं नेपालीहरुको साझा संस्थाको रुपमा स्थापित गैरआवासीय नेपाली संघको अभियानलाई अझ प्रभावकारी बनाउन र अझ सशक्त रुपमा समाजका सबै पक्षहरु संग हातेमालो गर्दै अगाडी बढ्न आफ्नो उम्मेदवारी रहेको बताएकी छन ।

नेपाल ल क्याम्पस बाट फौजदारी कानून (criminal law)मा एलएलबि गरेकी खत्री नेपाल सरकारबाट मान्यताप्रात रजिस्ट्रार अधिवक्ता हुन । अन्तर्राष्ट्रिय श्रम कानूनलाई मेेेजर बिषय लिएर अध्ययन गर्दै गर्दा डोमेस्टिक वोर्कर शृशकको शोधपत्र तयार परेकी थिइन् जुन नेपाल ल क्याम्पसको इतिहासमा पहिलो शोधपत्र थियो ।

त्रिभुवन बिश्व बिध्यालाय बाट समेत बिजनेस स्टडिमा मास्टर गरेकी खत्रीले नेपाल रेड्क्रस सोसाइटी बाट आफ्नो सामजिक काम सुरु गरेकी हुन भने जागीरे जीवन सुरुगरेकी हुन । खत्री ट्राभल एजेन्सी हुँदै आहिले सन २०१३ देखी कतारमा आफ्नो व्यावसाय गर्दै आएकी छ्न । सामाजिक कार्यमा समेत सक्रिय रहेकी खत्री नेपाली महिला समाज कतारकी वर्तमान महासचिव पनि हुन ।

खत्रीले संस्थालाई श्रमिक मैत्री बनाउनका लागी नेतृत्व विकाशलाई प्रभाकारी बनाउन आवश्यकता रहेको बताउदै कतारमा रहेका सयौ नेपाली संघसस्थाहरु सगँ हातेमालो गर्दै अगाडी बढ्ने बताउदै गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको आगामी कार्यकाल (२०१९–२१) को लागि सम्पूर्णको साथ, सद्भाव र सहयोगमा सफलता मिल्नेमा विश्वस्त रहेको बताएकी छन ।

कतारको समाजमा सरल र अनुशासित सामाजिक कार्यकर्ताको रुपमा परिचित खत्रीको उम्मेदवारीलाई कतारमा स्थापित गृहजिल्ला समाजिक संस्था तनहुँ सेवा समाज कतार र महिला समाज कतारको समर्थन रहने बताएका छन ।

गैह्र आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आगामी आठौं महाधिवेशन भने अगष्ट २३ मा नेपाली राजदुतावासको सभाहलमा हुने एनसिसि कतारले जनाएको छ ।

यस्तो छ खत्रीको घोषण पत्र ।

आदरणीय अग्रज अभियन्ता ज्यूहरु, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका पंजिकृत सदस्य ज्यूहरु, संघ समाजका मान्यवर ज्युहरू, पत्रकार मित्रहरु तथा कतार वासी सम्पूर्ण दाजुभाई दिदीबहिनीहरु,
सादर नमस्कार !

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको २०१९–२१ कार्यकालको लागि पंजिकृत सदस्य बन्नु भइ गैरआवासीय नेपाली संघको साझा अभियानमा सहभागी हुनु भएकोमा यहाँहरु सबैलाई हादिर्क बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको २३ अगष्ट २०१९ मा नयाँ कार्यसमिति चयनका लागि निर्वाचन हुने र ३० अगष्ट २०१९ का दिन महाधिवेशन हुने बारे सूचना प्रकाशित भई सकेको छ । यस महाधिवेशनले एक सक्षम, जुझारु र समाजलाई सही दिशा तर्फ डोऱ्याउन सक्ने कार्यसमिति चयन गर्नको लागि निर्वाचन समितीलाई शुभकामना दिन चाहान्छु । साथै यसको सफलताको लागि सम्पूर्ण आदरणीय अग्रजहरु, एनआरएनए अभियन्ताहरु र पंजिकृत सदस्य ज्यूहरुले निष्पक्ष भूमिका निर्वाह गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु ।

समुदायलाई सही मार्ग निर्देश गर्न एवं हामी नेपालीहरुको साझा संस्थाको रुपमा स्थापित गैरआवासीय नेपाली संघको अभियानलाई अझ प्रभावकारी बनाउन, अझ सशक्त रुपमा समाजका सबै पक्षहरु संग हातेमालो गर्दै अगाडी बढ्न आबश्यक छ भन्ने लागेर म यस अभियानको सारथी बन्न इच्छुक रहेको सबैमा सादर अवगत गराउन चाहन्छु।

यहाँहरुको सक्रिय सहभागिताले नै यो समाज सकरात्मक रुपले अगाडी बढ्ने र कतारमा कार्यरत श्रमिकहरुको हक, हितको पक्षमा काम गर्न सक्ने कुरामा म विश्वस्त छु।

म पनि यस अभियानमा सन् २०१३ देखि नै सक्रिय रहदै आएको छु । पञ्जिकृत सदस्य र समाजको जिम्मेवार नागरिकको हैसियतले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा गैरआवासीय नेपाली संघ तथा नेपाली समाजका सामाजिक गतिविधीहरुमा सहभागिता जनाउदै आईरहेको छु ।

यसका साथै गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको हालको कार्यसमितिमा मैले महिला सदस्यको भूमिका निर्वाह गरीरहेको छु ।

सामाजिक संस्थामा आवद्ध भएर आजसम्म मैले गरेका कार्य सम्पादनको अनुभवलाई प्रयोग गर्दै थप सामाजिक कार्यहरुमा सहभागि हुन गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको आगामी कार्यकाल २०१९–२१ मा अझ अगाडी बढेर कार्यरत रहन हौसला मिलेको छ । यसका साथै आफ्नो, योग्यता र क्षमताले भ्याएसम्म मैले सिकेका व्यक्तिगत तथा सामाजिक अनुभवहरुलाई यसै समाजको हितलाई लगाउने अठोट गरेको छु ।

त्यसैले कतारमा कार्यरत विभिन्न सामाजिक संघ संस्थाहरुमा आवद्द मित्रहरु, अग्रजहरु, बुद्धिजीविहरु, गैरआवासीय नेपाली संघका अभियान्ताहरु तथा सम्पूर्ण शुभेच्छुकहरुको सल्लाह सुझावहरुलाई शिरोपर गर्दै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको २०१९–२०२१ कार्यकालको महिला संयोजक पदमा उम्मेद्धारी दिने निर्णय गरेको छु ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको आगामी कार्यकाल (२०१९–२१) को लागि यहाँहरुको साथ, सद्भाव र सहयोगमा सफलता मिल्नेमा विश्वस्त छु ।


धन्यवाद 
अम्बिका खत्री 
पञ्जिकृत सदस्य नं. QA0000387
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार
२०१९–२१ कार्यकालको महिला संयोजक पदको आकांक्षी।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend