साझा नेटवर्क
काठमाडौँ ।
चर्चित गायक रुद्रसेन बिश्वकर्माको सुमधुर आवाजमा रहेको धमाकेदार मैथिली गित “कलियुग के खेल” को म्युजिक भिडियो सार्वजनिक भएको छ । दर्जनौ चर्चित नेपाली, भोजपुरी तथा मैथिली गीतहरुमा स्वर दिईसकेका भर्सटायल गायक रुद्रसेन विश्वकर्माको स्वरमा रहेको दिवानी एल्बमबाट मैथिली गीत “कलियुग के खेल” भर्खरै मात्र मैथिली खुसि युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।
शब्द तथा संगीत गायक रुद्रसेन विश्वकर्माको नै रहेको यस गीतलाई बिनय केटुले एरेन्ज गरेका छन् । छायाँकार दिपक गिरीले छायांकन गरेको भिडियोलाई प्रदिप कुमार रसाइलीले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् ।
म्युजिक भिडियोमा मोडल समिता गिरि र सरोज यादबलाइ फिचर्ड गरिएको छ । सार्बजनिक भिडियोलाई निर कुमारी विश्वकर्मा (सबिना)ले निर्माण गरेकी हुन् । स्मरण रहोस भर्खरै मात्र उनको चर्चित गायिका ज्योति मगर संगको गित सुपर डुपर हिट भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend