logo
  • शनिबार, साउन ३० २०८३

 उद्योग बाणिज्य संघ रोल्पाले विभिन्न स्थानमा कर शिविर संचालन गर्दै 


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

चोम बिष्ट, रोल्पा साउन २१। 
उद्योग बाणिज्य संघ रोल्पाले जिल्लाका विभिन्न स्थानमा आफ्नो कर  शिविर संचालन गर्दै आइरहेको छ ।
हिजो देखि सुरु भएको शिविर सुनिल स्मृति गाउँपालिका ४ सुलिचौर बजारमा रहेको छ। संघको आयोजनामा धन लक्ष्मी रेष्टुरेन्टको अगाडि  रहेको सटरमाबाट संचालन गर्न लागिएको रोल्पाको पुर्वी बेल्ट व्यापारी केन्द्र समेत रहेको रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष बिश्व कुमार  चन्दले बताए ।
त्यस्तै गरि रुन्टिगढी गाउँपालिकाको होलेरीमा र माडि गाउँपालिकाको घर्ति गाउँमा २२ साउन र त्रिवेणी गाउँपालिकाको जुँगार र परिवर्तन गाउँपालिकाको वागमारामा २३ साउन  कर शिविरको आयोजना गरिएको आयोजकले  बताएको छ ।
शिविरमा रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष विश्व कुमार चन्द, वरिष्ठ उपाध्यक्ष रामचन्द्र थापा, उपाध्यक्ष केशवकुमार आचार्य, महासचिव मिलन रोकामगर, सचिव गणेश घिमिरे, कोषाध्यक्ष निम बहादुर थापा, सदस्यहरु लक्ष्मी  डाँगी, वसन्त आचार्य, रमेश अधिकारी, राजन श्रेष्ठ, साजन थापा,आशिष गिरि,उद्योग वाणिज्य संघको सुनिल स्मृति गाउँपालिका संयोजक किसन बिष्ट त्यस्तै लुङ्ग्री गाउँपालिका संयोजक भिम जिसि  लगाएतको उपस्थिति रहेको थियो।
कर कार्यालय तुलसिपुर रोल्पा लगाएतको प्रतिनिधीहरुको समेत शिविरमा सहभागिता रहेको उक्त शिविरमा संस्थाको  नविकरण,संघले आफै स्थापना गरेको आकस्मिक राहत कोष समेत संकलन गरेको आयोजकले बताएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend