logo
  • शनिबार, साउन ९ २०८३

पहिरो पिडितलाई नेकपा कालीगण्डकीद्वारा आर्थिक सहयोग


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

सज्जन ढकाल गुल्मी साउन २० ।
गत श्रावण ६ गतेको अविरल वर्षातको कारण गुल्मीको सत्यवति गाँउपालिका वडा नं -३ का पहिरो पिडित जनसुमदायका लागि नेकपा कालीगण्डकी गाउँपालिका गुल्मीद्वारा आर्थिक सहयोग गरिएको छ ।

विशेष कार्यक्रम गर्दै लुम्पेकमा नगद रु ७५४२० रुपैयाँ वडा अध्यक्ष रुक बहादुर श्रीसलाई नेकपा कालीगण्डकी गाउँपालिका अध्यक्ष रामजी ढकाल मार्फत हस्तान्तरण गरिएको हो ।

बिपतको घडिमा जनताहरुमा लागेको चोटमा अलीकती भएपनि आर्थिक सहयोग मार्फत मलम लगाउने काम गरिनुको साथै दैबी प्रकोपमा सबै मिलेर राहत र सहयोग समाग्री प्रदान गर्नु हामी सबैको मुख्य जिम्मेवारी रहेको कलिगन्डकी गाउँपालिका गुल्मी नेकपाका अध्यक्ष रामजी ढकालले बताउनु भयो ।

हस्तान्तरण कार्यक्रममा नेकपा कालीगण्डकीका मोहनीलाल भट्टराई, जि.क.स तेजिन्द्र सलामी, बोम बहादुर सुत्पराई वडा कमिटी अध्यक्षहरु छेत्र बहादुर राना, रुक बहादुर श्रीस सचिव राजेश श्रेष्ठ, गोपाल शर्मा,ऋषि शर्मा, देबकला शर्मा, लिला श्रेष्ठ, मिना परियार, कोपिला शर्मा, देउकुमारी घर्ती, युवा संघ नेपाल कालीगण्डकी इन्चार्ज तारा राना लगायतको टोली गएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend