साझा नेटवर्क
साझा नेटवर्क, कतार ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारको युवा संयोजकमा श्याम डाँगीले उम्मेद्वारी दर्ता गराएका छन् । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१० आदर्श नगर घर भइ हाल रोजगारीका सिलसिलामा कतारमा रहेका डाँगीले २०१९–२०२१ कार्यकालका लागि उम्मेद्वारी दिएका हुन् ।

१५ बर्षदेखि कतारमा रहेर विभिन्न सामाजिक संस्थामा आवद्ध डाँगी कतारमा विभिन्न पेशा, व्यवसाय गरेर बसेका नेपालीहरुमा चर्चित छन् । उनी कतारमा रहेका नेपालीहरु माथि आइपर्ने समस्या समाधानका लागि सधैं अग्रसर रहने गरेका छन् ।
२०१४–२०१७ देखि एनआरएनए सीसी कतारको पार्षद सदस्य रहँदै आएका डाँगी कतारमा रहेका युवाहरुलाई संगठीत गर्दै मध्यपान, धूम्रपान जस्ता कुलतबाट टाढा रहन सचेतना मूलक कार्यक्रमहरु समेत गर्दै आएका छन् ।
‘एनआरएनएको लागि युवा’ भन्ने मुल उद्देश्य सहित कतारमा रहेका नेपाली युवाहरुका विभिन्न समस्या तथा मुद्दाहरुको समाधान गर्न आगामी कार्याकालका लागि उम्मेद्वारी दर्ता गराएको डाँगीले साझा नेटवर्कलाई बताए । युवा संयोजकमा उम्मेद्वारी दिएका डाँगीले कतारमा रहेका नेपाली युवाहरुलाई स्थानीय कानुनका बारेमा समेत सचेत गराउँदै आएका छन् ।
उनले युवा संयोजकमा उम्मेद्वारी दर्ता गराउँदै कतारमा रहेका सम्पूर्ण नेपालीहरुलाई आफ्नो अमुल्य मत दिएर विजयी गराउन अपिल पनि गरेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend