साझा नेटवर्क
आशिक नेपाल, कतार ।
बिगत ९ बर्षदेखि कतारलाइ आफ्नो कर्मथलो बनाइ विभिन्न सामाजिक कार्यहरुमा सक्रिय अफसर अलि खानले गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसिसि कतारका आगामी कार्यकाल (सन् २०१९–२०२१) का लागि सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
खनाले एक अपिलमार्फत आफ्नो उम्मेदवारी घोषणा गर्दै सबैको सहयोगका लागि अनुरोध गरेका छन् ।‘बिगत ९ बर्षदेखि कतारलाइ आफ्नो कर्मथलो बनाइ विभिन्न सामाजिक कार्यहरुमा सक्रियताका साथ सक्दो सहयोग गर्ने सिलसिलामा मैले अनुभव गरेकको कतारमा अवस्थित नेपाली दाजुभाइ एवम दिदिबहिनीहरुको बढ्दो समस्या दैनिकी रुपमा आउने गरेका यहाँहरु सम्पुर्णलाई अबगत नै छ ।
यी याबत समस्याहरुलाइ निर्मुल पार्न, समस्या सिर्जना हुनै नदिन र यदि कहि कसैलाइ समस्या भएमा ब्यक्तिगत रूपमा भन्दा पनि संगठित रूपले समाधान गर्न सकिन्छ भन्ने मान्यता का साथ यस्लाई अझै बढी प्रभावकारी रुपमा सबैको साझा संस्था ल्च्ल्ब्(ल्ऋऋ मार्फत थप कार्य गर्ने उद्देश्य अनुरुप आगामी अगस्ट २३ तारिखका दिन हुन लागिरहेको गैरआवासीय नेपालि संघ कतार को २०१९-०२१ कार्यकालको लागि चुनावमा मैले सचिव पदको उमेद्वारी दिने निर्णय लिएको यहाँहरु सबैलाई सहर्ष जानाकारी गराउन चाहन्छु’, खानले जारी गरेको अपिलमा उल्लेख छ ।
यस्तो छ अफसर अलि खान ज्यु को अपिल :
हार्दिक अपिल !!!
गैरआवसिय नेपाली संघ कतार (NRNA -NCC )२०१९-२०२१ कार्यकालको लागि सचिव पदमा मेरो उम्मेदवारी ।
आदरणीय एनआरएन- एनसीसी कतार २०१९ – २०२१ कार्यकालका सम्पुर्ण परिषद सदस्य ज्युहरु तथा सामाजिक आगुवा, एनआरएन अभियन्ता, अग्रज, बुद्धिजिवी, ब्यवसायि, पत्रकार, संघसंस्था प्रमूख लगायत कतार बासी सम्पूर्ण नेपाली दाजु भाई तथा दिदिबहिनीहरूमा मेरो सादर नमस्कार, अभिबादन, अस्सलामो अलैकुम।
बिगत ९ बर्षदेखि कतारलाइ आफ्नो कर्मथलो बनाइ विभिन्न सामाजिक कार्यहरुमा सक्रियताका साथ सक्दो सहयोग गर्ने सिलसिलामा मैले अनुभव गरेकको कतारमा अवस्थित नेपाली दाजुभाइ एवम दिदिबहिनीहरुको बढ्दो समस्या दैनिकी रुपमा आउने गरेका यहाहरु सम्पुर्णलाई अबगत नै छ । यी याबत समस्याहरुलाइ निर्मुल पार्न, समस्या सिर्जना हुनै नदिन र यदि कहि कसैलाइ समस्या भएमा ब्यक्तिगत रूपमा भन्दा पनि संगठित रूपले समाधान गर्न सकिन्छ भन्ने मान्यता का साथ यस्लाई अझै बढी प्रभावकारी रुपमा सबैको साझा संस्था NRNA-NCC मार्फत थप कार्य गर्ने उद्देश्य अनुरुप आगामी अगस्ट २३ तारिखका दिन हुन लागिरहेको गैरआवासीय नेपालि संघ कतार को २०१९-२०२१ कार्यकालको लागि चुनावमा मैले #सचिव पदको उमेद्वारी दिने निर्णय लिएको यहाँहरु सबैलाई सहर्ष जानाकारी गराउन चाहन्छु ।
समाजलाइ एकता गर्ने, विभिन्न जातधर्म एबम भौगोलिक विविधता बाट आएका हामी सम्पुर्ण दाजुभाइ एबम दिदिबहिनी बिचमा गहिरो समन्वय गर्दै अगाडी बढ्नु नै आजको आवश्यकता हो ।यहाँहरूको माया, साथ र सहयोग अवस्य रहने छ भन्ने पुर्ण बिश्वस्तताका साथै सदैव नेपाली श्रमिकहरुको हक, हितको पक्षमा काम गर्ने, देश र समाजप्रती उत्तरदायित्वका साथ समर्पित रहने प्रतिबद्धता जाहेर गर्दछु ।
धन्यवाद !
अफसर अलि खान
एनआरएनए- एनसीसी कतार २०१९ -२१ कार्यकालका लागि सचिव पदको उम्मेदवार
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend