साझा नेटवर्क
अनिल खत्री, गुल्मी साउन १८।
गुल्मीमा एक वालिकाको पिङ्ग खेल्ने डोरी घाटिमा बेरिएर मृत्यु भएको छ। जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर २ भिरखानी निवासी ८ वर्षिय सन्ध्या परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक एसपी दिपक कुमार बस्नेतले बताए ।
घरमै खेल्नका लागि बनाइएको पिङ्गको डोरी घाटिमा बेरिदाँ बालिका घाइते भएको प्रहरीले जनाएको छ । उनको स्थानिय मेडिकलमा उपचार क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । वालिकाको सवलाई पोष्ट मार्टमका लागि अहिले गुल्मी अस्पताल तम्घास ल्याइदैँ छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend