logo
  • मंगलबार, असोज १३ २०८३

साउने औैंसीमा गुल्मीको रेसुङ्गामा दर्शनार्थीको घुइँचो


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

अनिल खत्री,गुल्मी साउन १६ ।
साउने औंसीको अबसरमा गुल्मीको धार्मिक क्षेत्र रेसुङ्गामा बिशेष मेला सम्पन्न भएको छ । साउन महिनाको कृष्ण औंसीको अबसर पारेर बिहिवार रेसुङ्गा क्षेत्रमा रहेको पोखरीमा नुहाउन र पूजाआजा गर्नका लागि श्रद्धालुको बिहानैदेखि घुइँचो लागेको थियो ।

 

रेसुङ्गामा एक महिने साउने मेला पनि चलेको छ । मेला अन्र्तगत साउन १ गते र साउने औंसाी, एकादसीका दिन बिशेष मेला लाग्ने गर्दछ । धार्मिक तथा ऐतिहासिक क्षेत्र रेसुङ्गामा साउने कृष्ण औँशीको अवशरमा वर्षेनी टाढा–टाढावाट श्रद्धालु नुहाउनका लागि रेसुङ्गा पोखरीमा जाने प्रचलन रहेको छ ।

जिल्लाको सदरमुकाम तम्घास अग्लो शिरमा पर्ने रेसुङ्गामा बिगतका वर्षहरुमा जस्तै यस वर्षपनि मन्दीर ब्यवस्थापन समितिले साउनभर एक महिना सम्म मेला सुरु गरेको छ । धार्मिक स्थल रेसुङ्गामा बिगतका वर्ष हरुमा जस्तै यस वर्ष पनि मन्दीर ब्यवस्थापन समितीले एक महिना सम्म धार्मिक प्रवचन सगै रुद्री,चन्डी शिवजीको दैनिक पुजा संञ्चालन आयोजना हुने रेसुङ्गा संरक्षण समितीका अध्यक्ष सुरेसचन्द्र भुसालले जानकारी दिए ।नेपालकै चार धाम मध्येकै एक धाम पर्ने धार्मिक स्थल रेसुङ्गाको पोखरीमा नुहाउनाले भुल गरेर गरेका पाप नष्ट हुने धार्मिक मान्यता अनुसार पोखरीमा नुहाउन गुल्मी लगायत छिमेकी जिल्लाहरु बाट पनि श्रदालु भक्तजन आउने गर्दछन ।

धार्मिक स्थल रेसुङ्गमा पुजा आज गर्न गुल्मी लगायत छिमेकी जिल्ला अर्घाखाँची, पाल्पा वाग्लुङ प्यूठान, रुपन्देही, लगायतका नेपालका बिभिन्न ठाउबाट श्रदालु भक्तजनहरु एक महिने मेलामा धार्मिक स्थलमा आउने गर्दछन् । धार्मिक स्थल पोखरीमा नुहाउँन तथा पुजा आज गर्न साउन भर भिडभाड लाग्ने गर्दछ ।धार्मिक स्थल रेसुङ्गामा रहेको भ्यूटावर बाट बिभिन्न मनमोहक दृश्य देख्न सकिन्छ । सदरमुकाम तम्घास बाट करिब ३० मिनेटको गाडिको यात्रा पछि उक्त स्थानमा पुग्न सकिन्छ । केहि वर्ष पहिलेवाट तपोभुमी रेसुङ्गामा सवारीका साधन जान थालेका हुँन । रेसुङ्गामा साउन महिना बाहेकअन्य दिनहरुमा दैनिक पुजा हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend