साझा नेटवर्क
कमल पौडेल, बागलुङ साउन १६ ।
लायन्स क्लव अफ धौलागिरि बागलुङ र लायन्स क्लव अफ बागलुङ सिटिको तर्फवाट गुल्मीको सत्यवती गाउँपालिकाका पहिरो डितहरुलाई राहत वितरण गरिएको छ। क्लवका अध्यक्ष लायन राजन शाक्य नेतृत्वको टोलीले गाउँपालिका अध्यक्ष पारिश्वर ढकाललाई सो राहत सामाग्रि हस्तान्तरण गरेको हो।
क्लवका अध्यक्ष शाक्यले पिडितहरुलाई केहिभएपनि राहत होस भन्ने हेतुले रकम संकलन गरिएको वताउनु भएको थियो। नगद २५ हजार र केहि औषधि हस्तान्तरण गर्दै शाक्यले अवको केहि दिनमा लायन्स क्लव अन्तराष्ट्रिय वाट ११ लाख भन्दा वढि नगद आउँदै गरेको जानकारी समेत गराउनुभएको थियो। सो राहत वितरण कार्यक्रममा सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले राहत रकम दुरुपयोग हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो। उपप्रमुख सुवर्ण शाही शेरचनले प्राकृतिक विपत्तिको सामना गर्न सवैको सहयोग हुनुपर्ने वताउनु भएको थियो।
कार्यक्रम लायन्स क्लव अफ धौलागिरिका सचिव गणेश महतोको सञ्चालनमा सम्पन्न भएको थियो। गत श्रावण ७ गते गएको पहिरोवाट गुल्मीको सत्यवति गाउँपालिकाको २ वटा वडामा १३ जनाको मृत्यू भएको थियो भने २ जना घाइते भएका थिए। सो पहिरोबाट करिव ३ सय वढि घर परिवार विस्थापित भएका छन्।
फोटोः गाउँपालिका अध्यक्ष पारीश्वर ढकाललाई राहत हस्तान्त्रण गर्दै लायन






© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend