logo
  • शुक्रबार, असोज ९ २०८३

राष्टिय जनमाेर्चा गुल्मीले पहिरो प्रभावितहरुलाई गर्याे राहत वितरण


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क,गुल्मी साउन १५ ।

गुल्मीको सत्यवतीका पहिरो प्रभावितहरुलाई राष्ट्रिय जनमोर्चा गुल्मीले राहत रकम प्रदान गरेको छ ।जनमोर्चाले १ लाख ६० हजार नगद राहत स्वरुप पहिरो प्रभावितलाई प्रदान गरेको हो । आज राष्ट्रिय जनमोर्चा गुल्मीका अध्यक्ष जीवन राना , नेकपा मसाल गुल्मीका प्रवक्ता आमेन्द्र कुवर , राष्ट्रिय जनमोर्चाका सचिव छविलाल सर्तुङगे ,गुमानसिंह पुन ,श्यामलाल पन्थ, कमल पुलामी, टिकाराम भण्डारी, शंकर प्रसाद पोख्रेल, कुमार खनाल लगायतको टोलीले घटनास्थलमा पुगेर राहत रकम हस्तान्तरण गरेको हो ।

टोलीले वडा नम्बर ३ का वडाध्यक्ष रुक बहादुर राना लाई र वडा नम्बर ४ का वडा अध्यक्ष दान बहादुर रानालाई उक्त रकम हस्तानत्रण गरेको छ । यस्तै मृतकका परिबारलाई ७५०० रुपैयाको दरले राहत रकम प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend