साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी साउन १५ ।
वडा सदस्य अर्जुन तरामु पत्रकारसंगको कुराकानीमा निकै रोए । उनी पनि पहिरो पीडित हुन् । अरु चार सय घरपरिवारलाई जस्तै पहिरोले उनलाई पनि उठिवास लगायो ।

परिवारनै धर्मपुर माविको शिविरमा छन् । उनलाई आफ्नो परिवारले खाना खाए वा भोकै छन् मतलब छैन् । सुत्ने र खानेको कुनै समय छैन् । जनप्रतिनिधी भएकालेनै आँसु पुछेर अरुकै व्यावस्थापनमा कस्सिएका छन् । वडा अध्यक्ष रुक बहादुर राना पनि आँसुकै धारामा गाउँ डुलेका छन् । बोल्न खोज्दैनन, बोले आँखामा आँसु रोकिदैन् ।
उनीहरुसंगै लुम्पेकी नागरिकको पहिरोले घरबारी त थामिएननै । अहिले मन पनि थामिन सकेको छैन् । पहिरोमा परेर मर्ने मरिसके । बिचल्ली बाँच्नेको भएको छ । ‘गाउँको व्यथा पोखेर साध्य छैन् जनप्रतिनिधीले पहिले अरुको पीडा बुझनु प¥यो,’वडा सदस्य तरामुले भने,‘मन थामेर गाउँ डुलेका छौ ।’
त्यस्तै उद्धारमै खटिएका युवा प्रकाश विकले आधा जीवन बिताएको ओत र सम्पतीले मन थाम्न नसकिने बताए । ‘लैनो भैसी गोठमा छोडेका छौ, अन्य चौपया व्याबरिसे छन्, घर गए मरिन्छ,‘ उनले भने,’रोएरै पीडा बगेको छ ।’
आठ महिनाकी गर्भवति श्रीमति । दूई महिनाको छोरो । रातको ३ बजे मुलधारे पानीसंगै गाउँ छोडेँ । सत्यवति गाउँपालिका ३ ठुलोलुम्पेकका लोक बहादुर सुनारलाई त्यो दिनदेखि निद्रै छैन् । लोक बहादुर सधै गोठमा सुत्थे । साउन ७ गते पौन ३ बजे पहिराले गोठ च्याप्यो ।
माथिल्लो तलाकी बहिनी मलखातमा पुगिन् । चिच्याएको सुनेर सुनार पनि छोरो र श्रीमति लिएर बाहिर आए । गोठको लैनो भैसी, २० बाख्रा, ११ वटा बंगुर र एउटा पाडो आँखा अगाडी मरे । उनको परिवार पाँच दिनदेखि आफन्तकोमा आश्रय लिएका छन् ।
सुरक्षित बास छैन, घर फर्कने आश छैन,’ उनले भने,‘ म सहित सिङ्गो गाउँनै बिस्थापित भएका छौ ।’ लुम्पेकको ओख्खरका लेक बहादुरको सवैभन्दा बढि पशुचौपाय मरेका छन् । सुरुमा आफुलाई धेरै चिन्ता परेपनि सिङदी गाउँको हरि बिजोक देखेर चित्त बुझ्दै गएको सुनारले बताए ।
सत्यवति गाउँपालिका ३ सिङदीकी इन्द्रकला शारिरीक रुपमा असक्त छन् । जो दुई पटकको पहिरोमा भाग्गले बाँचिन् । बिपत्ती अप्रत्याशित हुन्छ । थाहा पाएसम्म जसले पनि भागेर ज्यान जोगाउन थाल्छ । तर इन्द्रकलालाई त्यो सम्भव थिएन । एउटा खुट्टा सानो र सुकेको भएकाले हिड्न सक्दैनन् । सा
उन ७ गतेको पहिरोले घर पुरिदाँ अरु भागे । तर इन्द्रकलाले अन्तिममा उद्धार पाइन् । ‘खुट्टा हुने बिहानै भागे म कसो गरुँ रोएर बसे,’उनले भनिन,‘ पहिले पनि पहिरोमा पुरिएर बाँचेकी हुँ ।’ उनकी आमा रुकमायाका अनुसार २०४६ सालमा पनि पहिरोले विक परिवारको घरगोठ बगाएको थियो ।
त्यतिवेला पनि पहिरोमा पुरिएकी इन्द्रकलाको जिवितै गाउँलेले उद्धार गरेका थिए । पहिरोले गाउँ घेरे पछि अहिले इन्द्रकलाको परिवारसहित १६ घरका ९३ जना वडा नं १ अस्लेवाको राम माविमा आश्रय लिएका छन् । ‘अरु सरहनै बसेकी छु न बक्ति न राम्रो ओढ्ने आछेयाउने,’उनले भनिन,‘ शौचाय जाँदा, महिनावारी हुँदा र बिरामी पर्दा निकै बिजोक छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend