logo
  • मंगलबार, असोज १३ २०८३

कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

साझा नेटवर्क, काठमाडौं साउन १३ ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आज सार्वजनिक गर्ने भएको छ । परीक्षा बोर्ड स्रोतका अनुसार परीक्षाफल प्रकाशितका लागि सबै तयारी पूरा भइसकेको र परीक्षार्थीले प्राप्त गरेको प्राप्तांक जोडेर रुजु गर्ने कामसमेत सकिएको बताए ।
काशनका लागि सबै तयारी पूरा भएकाले सोमबार साँझ सञ्चालकहरूको बैठक बोलाइएको छ । बोर्ड बैठकमार्फत निर्णय गराएर मात्र परीक्षाफल प्रकाशित गर्ने प्रचलन रहेको बताए । विगतमा विज्ञान र अन्य विषयको परीक्षा अलग-अलग समयमा प्रकाशन गर्ने गरिएको थियो । तर, यसपटक सबै विषयको परीक्षाफल एकैपटक प्रकाशित गर्ने तयारीमा रहेको बोर्डले जनाएको छ ।

कक्षा १२ को परीक्षा गत वैशाखमा सञ्चालन भएको थियो । परीक्षामा देशभरबाट सहभागी ४ लाख परीक्षार्थी परीक्षाफलको पर्खाइमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend