साझा नेटवर्क
कुमार अविरल पन्थी, काठमाडौं ।
हिन्दुहरुको महान पर्व हरितालीका तीज नजिक आँउदै छ । यसै पर्वलाई रमाइलो बनाउनको लागी कलाकारहरुले तीज गीतहरु सार्वजनिक गरिरहेका छन ।

यसैक्रममा गायक दिपक परियार र सोनाश्री परियारको आवाजमा नयाँगीत गीत हेर्छु मायालाई भर्खर मात्र सार्वजनिक भएको छ । माया प्रेमलाई विषयबस्तु बनाइ तयार पारिएको सो गीतमा दिपक परियारले लय तथा शब्द सिर्जना गरेका छन ।
दिपक परियारको निर्देशन रहेको सो गीतलाई दीपिका म्युजिकको युउटुव च्यानलबाट सार्वजनिक गरिएको छ । गीत सार्वजनिक भएपछि निर्माण युनिटले गीतलाई सबैले माया गरि दिनेमा आफुहरु आशावादी रहेको बताए ।
बुटवलको सडकको छेउमा पुराना कपडा सिलाउदै २०७१ सालबाट सागितिक यात्रामा लागेका दिपक परिवार अहिले निकै चर्चामा छन । स्नातक सम्मको अध्ययन पुरा गरेर सांगितिक क्षेत्रमा निरन्तर लागेका गायक परियारले आफ्नो जन्म थलोलाइ आमाको उपमा दिदै गीत गाएका छन ।
गीतले गर्दा उनले बास्तविक आमालाइ २४ बर्षपछि भेट भएको बताएका छन । दुधे बालक छोडेर हिडेकी आमा गुल्मी नामको उनको गीत सुनेर यो गीत कस्ले गाएको हो भनेर सुझ-बुझ गर्दै आएको कुरा पनि उनले बताएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend