logo
  • शुक्रबार, असोज ९ २०८३

दिनुहुँ लुटपाट किन ?


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

-मिलन थापा ।
रोल्पा लुङग्री गाउँपालिका ६ नम्बर वडा गुम्चालका मिलन थापा हाल रोजगारको सिलसिलामा मलेसियाबाट गाउँमा भएको चोरी डकैती बारेमा यसरी फेसबुक समाजिक संजालमा व्यक्त गरेको कुरा जस्ताको तस्तै ।

रोल्पा जिल्लाको पुर्वी बेल्ट पर्ने एक लुङ्ग्री गाँउपालिका गुम्चाल ६ नम्बर वडा कार्यलयकै आसपासमा रहेको तल्लो गुम्चाल र उपल्लो गुम्चालको ठूलो गाउँ बस्तीमा २०७६/०४/०२गते रातभरमा लुटेराहरु गाउँ बस्तीमा प्रवेश गरि सुनचाँदी नगद धन पसलमा रहेका रिचार्ज कार्ड समेत चोरि भएको र चोरी भएको जसमा एक रातभरमा करिब ८ घरमा चोरी भएको छ

चोरी भएको थाहा हुन लगत्तै पुलिस प्रसासानले खोजतलास सुरु गर्दा एउटा १३ बर्षिय युवालाई पक्रि सोधपुछ गरे पश्चात् त्यो युवाले चोरेको स्विकार्दै बाकि संगलग्न दोषीहरु पनि छन् उनिहरु भागे भन्ने जस्ता बयान गरे पश्चात् ति युवालाइ जेल सजाय दिन उमेरले हक नपुगेको भनेर प्रहरिले माफि दिदै छोडिदिएको खबर आएको थियो ।

तर यो कुरा चानचुने सानोतिनो होईन हिजो दाइको घर तोडियो त आज भाईको घर फोरिएला यो दुखद बिषय छ । हिजै मिती २०७६/०४/१० राती पनि साविककै गुम्चालको एक गोठमा एक्कासि झम्टिन आएर हल्ला खल्ला गरि भागेको भन्ने सुन्नमा आएको छ ।

दिनहु यसरी लुटपाट मच्चिदा हामीलाई दुःख मात्र कहाँ होर यो ज्यान स्थिरमा छैन, हैन । हामीलाइ कहिल्यै खुसि के हो थाहा नहुने भयो जहिल्यै पनि पिडै पीडा बर्षायामको समय पारी लुटपाट गर्ने किनकि लुटेराहरु खुलेयाम लाईट बालेर हिडिरहेको भन्ने सुन्नमा आएको छ । आज हाम्रो गाँउघरमा मात्र नभएर नेपाल पुर्वदेखी पश्चिम महाकाली सम्मका नौ जवान यूवाहरु प्रवासको मरुभुमिमा परिवारको त्यहि साँझबिहानको चारोको जोहो गर्दै दुई पैसा सँग पसिना साट्न बाध्यबस छौ ।

घरमा श्रीमती साना नानि बाबू बृद्धा आमा बाबा मात्र छन् भनी एक्कासी घरमा प्रवेश गरेर भएको अलि अलि पनि लुटपाट गरिदिए हामी परिवार कसरी पाल्नु मन भक्कानिन्छ छाती चर्किन्छ र आखा भरि आशु आउछ टाउको भरि रिसले रगत ढल्ला पर्छ तर यो प्रवासमा के गर्नु।

कृपया घर गाँउमा भएका दाजु भाइ इष्टमित्र भद्र भलादमी नवनिर्वाचित जनप्रतिनिधि र राष्ट्र सेवक पुलिस प्रसासन युवा जवान वाइसिएल हरेक संघसस्था पार्ती प्रतिनिधि आमा समूह युवा कल्ब वडापालिका गाँउपालिका शिक्षक बिद्यार्थी सबै मिलि खोजतलास गरि संलग्नता मुख्य चोरलाइ पक्री हद सम्मकै कार्वाहीको माग गर्दछु।

जादा जाँदै यति पनि भन्न चाहान्छु कि चोरेर खान पल्केकाहरु खाडीमुलुकको तातो घाममा आउदा मात्र थाहा होला कि कमाउन र चोर्नमा कति भिन्नता छ भनेर ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend