logo
  • मंगलबार, असोज १३ २०८३

पहिरोले विद्यालय नै बगायो, विद्यार्थीको पढाई अन्यौलमा


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

टोपलाल अर्याल, गुल्मी साउन १२ ।
गुल्मीको सत्यवति गाउँपालिका ३ ठुलोलुम्पेकको सिद्ध आधारभुत प्रावि पहिरोले बगाउँदा बिद्यार्थीको पढाई अन्यौलमा परेको छ । गत साउन ६ गते अविरल बर्षासंगै आएको पहिरोले सिद्ध आधारभुत प्राविको चार कोठे भवनलाई बगाएको छ ।

पहिरोले अर्को चार कोठे भवनको माथिल्लो तल्ला पुरिएको बिद्यालयकी प्रध्यानाध्यापक ज्ञानमाया तरामुले बताइन् । बिद्यालयको तलबाट पनि पहिरो गएको छ । भने खेल मैदानमा पहिरोले भरिएको छ । सिद्ध आधारभुत प्राविमा ५१ जना बिद्यार्थीले अध्ययन गर्दै आएका थिए ।

पहिराले पक्की भवनसंगै डेक्स बेन्च, लगायत अरु शैक्षिक सामग्री बगाएको छ । बिद्यालय वरिपरी कोहि बिद्यार्थी र अभिभावक बस्दैनन् । अहिले एक महिने बर्खे बिदा छ ।

साउन २८ गतेबाट बिद्यालय संचालन गर्नुपर्नेछ । तर एउटा भवननै नभएको र भएको भवनमा पनि पढाई संचालन गर्ने स्थिती नभएकाले बिद्यार्थी पठनपाठन अन्यौलमा रहेको वडा सदस्य अर्जुन तरामुले बताए । पहिरोले बिद्यालय मात्रै बगाएको छैन् ।

सिद्ध प्राविमा पढ्ने बिद्यार्थीहरुको घरमा पनि पहिरोले क्षति पुराएको छ । भने कैयौ बिद्यार्थी र परिवार बिस्थापित छन् । सोहि बिद्यालयको कक्षा ४ मा अध्ययन गर्ने लिजा तरामुले बाबा–आमासंगै सवै परिवार धर्मपुर माविमा आएर बसेको बताइन् ।

उनले बिद्यालय पहिरोले लगेकाले बिद्यालय र घर दुवै ठाउँमा पढ्ने स्थिती नरहेको बताइन् । अहिलेबाटै त्यो बिद्यालयको बिषयमा नसोचे पछि व्यावस्थापनमा समस्या हुने स्थानीय शिक्षक दुर्गा बहादुर तरामुले बताए ।

खोप केन्द्र पनि पहिरोले बगायो

पहिरोले सत्यवति गाउँपालिका ३ तथा साविको वडा नं ६ को सिङदी स्वास्थ्य खोप केन्द्र बगाएको छ । दुई कोठे खोपकेन्द्रसंगै प्राथमिक उपचारका औषधी, अपकरण र फर्निचरका सामानहरु पहिरोले बगाएको महिला स्वास्थ्य स्वयसेविका दिलमाया तरामुले बताइन् ।

उनले बच्चाले लगाउने सवै प्रकारका खोप, गर्भवति, सुत्केरीको नियमित चेकजाँच तथा अन्य प्राथमिक उपचार प्रभावित भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend