साझा नेटवर्क
आशिक नेपाल, महोत्तरी साउन १२ ।
जनकपुरमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सोहि दुर्घटनामा परी २ जना गम्भिर घाईते भएका छन् । हिमालयन प्लाई उड ईण्डष्ट्रिज अगाडी अटो रिक्सा र वीङगर एक आपसमा ठोक्किदा २ जनाको घटना स्थलमै मृत्यु भएको छ भने १ जनाको उपचारको क्रममा तथा २ जना गम्भिर घाईते भएका छन ।

जनकपुरबाट यात्रु बोकेर गईरहेको ना.१ ज.७०२२ नम्बरको वीङगर र महेन्द्रनगरबाट यात्रु बोकेर आईरहेको अटोरिक्सा साझ करिब ५ः३५ बजे एक आपसमा ठोक्किदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक अमिर दाहालले जानकारी दिएका छन् ।
घटना स्थलमै मृत्यु हुनेमा क्षीरेश्वरनाथ नगरपालिका ३ रमेशपुरका ७२ बर्षीय रामदेव साह छन् भने यकिन हुन नसकेका सिरहाका ५० बर्षीय रेखा यादव छन् । घाईतेहरु मध्ये अटो रिक्सा चालक क्षीरेश्वरनाथ नगरपालिका ४ कुम्हरौलका बर्ष २३ को रोशन साहको उपचारको क्रममा जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
गम्भिर घाईते भएका २ जनाको जानकी मेडिकलमा उपचार सम्भव नभएपछि थप उपचारको लागि जनकपुर पठाईएको प्रहरी निरिक्षक दाहालले जनाएका छन् । तीव्र गतिमा रहेको वीङगरको कारणले दुर्घटना भएको प्रत्यक्ष दर्शीले जनाएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend