साझा नेटवर्क
डोल बहादुर विक, पाल्पा साउन ११।
पाल्पामा पहिलो पटक आइटीएफ तेक्वाण्दोको जिल्ला स्तरीय स्पाइरिङ्ग टेक्निक्स सेमिनार भएको छ । जिल्लामा आईटीएफ तेक्वाण्दोका खेलाडीको दक्षता र क्षमता अभिबृद्धि गर्दै दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यले आवासिय आईटीएफ तेक्वाण्दो एकेडेमीको आयोजनामा शनिबार तानसेमा सो कार्यक्रम गरिएको हो ।
सेमिनारमा आवसिय, मालागिरी, तानसेन, बेथल, प्रिपेटोरी, मदरल्याण्ड, प्यारागन, विजु, प्रशान्ति, सगरमाथा र रामपुर आइटीएफ तेक्वाण्दो दोजाङ्गका २ सय २१ जना प्रशिक्षर्थी सहभागी भएका थिए । अन्तर्राष्ट्रिय प्रशिक्षक तथा पाल्पा जिल्ला आइटीएफ तेक्वाण्दो संघका उपाध्यक्ष कृष्ण थापाले प्रशिक्षण दिनुभएको थियो। सहभागीलाई तेक्वाण्दो टेक्निक सम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक कुराहरु सिकाइएको छ ।
कार्यक्रमा प्रमुख अतिथि पाल्पा आवासिय माध्यमिक विद्यालयका प्रिन्सिपल अञ्जलिप प्रसाद श्रेष्ठले खेल मानव जीवनमा अपरिहार्य भएको भन्दै यसको सही सदुयोग गर्न सके जीवन पद्धतिलाई सहज र अनुशासन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । नेपाल आईटीएफ संघका केन्द्रीय अध्यक्ष तथा अन्तर्राष्ट्रिय प्रशिक्षक निर बहादुर सारुले खेलकुद क्षेत्रको महत्व र क्षेत्र फराकिलो बन्दै गएको भन्दै पछिल्लो समय स्वास्थ्यगत हिसावले पनि मानव जीवनमा खेलकुद अनिवार्य रहेको बताउनुभयो ।
आवासिय तेक्वाण्दो ऐकेडेमीका प्रमुख प्रशिक्षक श्यामबहादुर गाहाले यस्ता कार्यक्रमले पाल्पा जिल्लामा रहेका विभिन्न दोजाङ्गका खेलाडीहरु बीच सद्भाव कायम गरी खेलाडीहरुलाई खेल क्षेत्रमा उत्साहित बनाउन मद्दत पुग्ने बताउनुभयो ।सोही अवसरमा एकेडेमीले आठौ राष्ट्रिय खेलकुलमा आईटिएफबाट स्वर्ण पदक विजेता पाल्पाका साजन पचभैयालाई सम्मान गरेको छ ।
नेपाल आईटीएफ संघका केन्द्रीय अध्यक्ष तथा अन्तर्राष्ट्रिय प्रशिक्षक निर बहादुर सारुको सभापतित्वमा भएको कार्यक्रमको संचालन पाल्पा आईटीएफ संघका सचिव नगेन्द्र मल्लले गर्नुभएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend