logo
  • शुक्रबार, असोज ९ २०८३

नायिका निता ढुंगानाको चलचित्र समुन्द्र भट्टले निर्देशन गर्ने


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सुर्य चन्द, काठमाडौँ साउन ११ ।
नायिका नीता ढुङ्गानाको निर्माणमा बन्न लागेको फिल्ममा गायक तथा नायक कोशिस क्षेत्री फाइनल भएका छन् । खबर अनुसार निता फिल्म प्रोडक्सन हाउस र नायक कोशिस क्षेत्री बिच सम्झौता भइसकेको छ । फिल्ममा कोशिस क्षेत्री र नीता ढुङ्गाना मुख्य भुमिकामा रहनेछन् । फिल्मलाई समुन्द्र भट्टले निर्देशन गर्दैछिन् ।
फिल्मको मुख्य लिड फाइनल भए पनि अन्य कलाकार भने फाइनल भएका छैनन् । यद्यपी फिल्मका लागी कलाकार सुनिल थापा, विशाल पहाडी लगायतसंग कुरा भइरहेको बुझिएको छ । पुर्णतया प्रेम कथा समेटिने फिल्मको नाम भने जुराइएको छैन । फिल्म ‘मोमो हन्टिङ्’ कलाकारको समय नमिलेर आगामी जेठबाट मात्र छायांकनमा जाने भएपछी त्यस बिचमा लभ स्टोरी फिल्म गर्न लागेको नीताले बताइन् ।
फिल्मको कथा कोशिस आफ्नै हो । यतिबेला कोशिस स्कृप्टलाई अन्तिम रुप दिदैंछन् । फिल्मको स्कृनप्ले र संवाद लेखनमा कोशिशलाई निर्देशक भट्टले सघाउँदैछिन् । फिल्ममा संगीत पनि कोशिशको नै रहनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend