logo
  • शनिबार, भाद्र २० २०८३

स्याङ्जा जातिय उत्पीडित समाज कतारको प्रथम साधारणसभा सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, दोहा ।
स्याङ्जा जातिय उत्पीडित समाज कतारको प्रथम ऐतिहासिक साधारण सभा सम्पन्न भएको छ । गत शुक्रबार सनैया ग्रान्ड मल स्थित ह्वाईट हाउस रेस्टुरेन्टको सभाहलमा सम्पन्न कार्यक्रममा समाजका तदर्थ कार्यसमिती संयोजक दिपक सुनारको सभापतित्व रहेको थियो।

दलित एकता संजाल कतारका अध्यक्ष किरण परियारको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रमले चोलाकान्त बि.क को अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्य समिती चयन गरेको छ।उक्त कार्यसमितिमा प्रथम उपाध्यक्षमा रन बहादुर सुनार, द्वितीय उपाध्यक्षमा नेत्र बहादुर दमाई, तृतीय उपाध्यक्षमा धन बहादुर बि. क., महासचिवमा थमन सिंह सुनार, सचिवमा तोप बहादुर बिक., सह-सचिवमा मिन प्रसाद परियार, कोषाध्यक्षमा कमल बि. क., सह-कोषाध्यक्षमा शंकर बि. क. साथै सदस्यहरुमा टेक बहादुर विश्वकर्मा, राजु नेपाली लगायत रहेका छन ।

तदर्थ समितिका सदस्य थमन सिंह सुनारले संचालन गरेको कार्यक्रममा तदर्थ समितिका सदस्य दिपक कुमार बि. क. ले स्वागत मन्तब्य राखेका थिए भने तदर्थ समितिका सदस्य गंगा बहादुर बि. क. ले संस्था स्थापना गर्नुको उद्देश्य साथै संस्थाको बारेमा प्रष्ट पारेका थिए।

कार्यक्रममा गैर आवासीय नेपाली संघ समन्वय परिषद कतारकी युवा संयोजक माया के. सी.कतारमा स्थापित विभिन्न वैचारिक संस्थाका प्रतिनिधिहरु, प्रदेश समितिका प्रतिनिधिहरु, जिल्ला संस्थाका प्रतिनिधिहरु, समुदाय तथा जातिय संस्थाका प्रतिनिधिहरु, ब्यबसायी, समाजसेवी, बुद्धिजिबी, महिला, पत्रकार, कलाकार साथै स्याङ्जा तथा गैर स्याङ्जाबासी उत्पीडित र अन्य समुदायका व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा समाजसेवी ठाकुर परियार, जिल्लास्तरीय संस्थाहरुको तर्फबाट स्याङ्जा सहयोग समाज कतारका अध्यक्ष अजमत अलि, बिश्वकर्मा समाज कतारका महासचिव कृष्ण बिश्वकर्मा, गण्डकी प्रदेश समन्वय समितिका बरिष्ठ उपाध्यक्ष प्रेम कुमार रसाइली, गैर आवासीय नेपाली संघकी युवा संयोजक माया केसी, वैचारिक संस्थाहरुको तर्फबाट साझा सद्भाव समूह कतारका संयोजक गणेश कार्की, नेपाली समाज कतारका संयोजक देव परियार, जनप्रगतिशील मंचका संगठन विभाग प्रमुख मोहन कार्की, नेपाली जनसम्पर्क समिति कतारका महामन्त्री अजिज अलि, प्रवासी नेपाली मंच कतारका अध्यक्ष चाणक पोखरेल लगायत अन्य समाजसेवी, बुद्धिजिबी तथा कलाकारहरुले आफ्नो मन्तब्य राख्नुका साथै समाज रुपन्तरणमा समाजमा रहने सबै समुदायहरुबीच सहिष्णुता तथा सद्भाव कायम रहनुपर्ने कुरा ब्यक्त थिए।

सभालाई थप मनोरंजन प्रदान गर्नको लागि बीच-बिचमा कलाकारहरुद्वारा विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । नेपालको संविधानले सुनिश्चित गरेको छुवाछुत तथा भेदभावको अन्त्य गरि विभेदरहित सामाजिक रुपान्तरण गर्नुको साथै सभ्य समाजको स्थापना गर्न र उत्पीडित समुदायमा सचेतना जगाउनको लागि “सु-संस्कृत समाज अहिलेको आवश्यकता, विभेद अन्त्य गर्न आम नेपालीको सहभागिता” भन्ने मुल नारा लिएर यो संस्थाको स्थापना गरिएको हो ।

स्याङ्जा जिल्लामा स्थानीय निकाय र जिल्लामा स्थापित विभिन्न संघ-संस्थाहरुसंग हातेमालो गर्दै जातिय भेदभावको अन्त्य गर्न र दलित समुदायको हकहितमा रहेर काम गर्नुका साथै दलित समुदायमा शिक्षा, अति विपन्न र आर्थिक अवस्था न्युन भएका परिवारलाई र दैवि प्रकोपबाट पिडितलाई सहयोग गर्ने संस्थाको उदेस्य रहेको तदर्थ समितीका सदस्य दिपक कुमार बिकले बताए ।

कार्यक्रमको अन्त्यमा सभापती दिपक सुनारले कार्यक्रम सफल पार्न योगदान पुर्याएकोमा प्रमुख अतिथी,विशिष्ट अथिती,अथितीहरु,नेपाली समुदाय,पत्रकारहरु सबैलाई विशेष धन्यबाद दिदै नयाँ कार्यसमिति लाई बधाई दिएर कार्यक्रमको अन्त्य भएको घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend