साझा नेटवर्क
अनिल खत्री, गुल्मी साउन १० ।
गुल्मीको सत्यवति गाउँपालिकाको बिभिन्न स्थानमा पहिरो प्रभावित क्षेत्रमा बिज्ञ टोलीले अध्ययन गर्न गाउँपालिका अध्यक्ष आग्रह गरेका छन् । पहिरोका कारण गुल्मीको सत्यवती गाउँपालिकाको २ वटा वडाको वडा नम्बर ३ र ४ को ठूलोलुम्पेक र लिम्घा पहिरो जानुको कारण अध्ययन गर्न बिज्ञ टोली अध्ययन गर्नुपर्नेमा गाउँपालिका अध्यक्ष ढकालले जोड दिएका छन् ।
ठूलोलुम्पेक र लिम्घामा ठूलो पहिरो जानुमा ०७२ सालको भुकम्पको कारणले जमिन चर्किएको ठाउँबाट पहिरो गएको प्रराम्भीक अनुमान पनि गरिएको छ । तर अहिले पहिरो गएको स्थान ठूलो लुम्पेकमा १५ दिन अघि ठूलो असिना पानीले त्यस स्थानको बालिनालीलाई ठूलो क्षती पुराएको गाउँपालिका अध्यक्ष ढकालले बताए ।
सोहि स्थानमै मंगलवार राति अबिरल वर्षातले ठूलो पहिरो जानुमा कुनै कारण रहेकाले त्यस स्थानको स्थलगत अध्ययन गर्नुपर्ने बताए । उनले ठूलो लुम्पेकमा मात्रै सानाठूला गरेर ५ सय पहिरो गएको बताए । ५ वटा भन्दा वढि २ किलो मिटर सम्मका ठूलो पहिरो गएको उनको भनाई छ । सत्यवति गाउँपालिकाका दुई स्थानमा पहिरोमा परेर ज्यान गुमाउने १२ जनाको सव फेला परेको छ । अझै एक जना बेपत्ता छन् ।
सत्यवति गाउँपालिका ४ को लिम्घामा पहिरोमा बेपत्ता भएका डेढ बर्षीय बालक सञ्जु विक र वडा नं ३ को ठुलोलुम्पेकमा पहिरोमा बेपत्ता माया र बवि विकको शव बुधबार साँझ फेला परेको हो । पहिरोमा घाइते भएका ठुलोलुम्पेकका करिश्मा र धनी तरामुलाई दुई दिन पछि परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले हेलिकप्टर मार्फत उपचारको लागि काठमाण्डौं लगिएको उपचारमा खटिएकी डक्टर शिला ढकालले बताइन् । गाउँपालिका अध्यक्ष ढकालका अनुसार स्थानियले २०१८ सालपछि यति ठूलो विपत्ति नदेखेको बताए । स्थानियहरु यसरी धेरै स्थानमा पहिरो गएको प्रति अचम्मीत भएको अध्यक्ष ढकालले बताए ।
यति धेरै पहिरो भएको देख्दा स्थानियलाई यहाँ आएर पुनः बस्न सकिने अबस्था नरहेको ढकालको भनाई छ । त्यस स्थानमा ०७२ सालको भुकम्प पछि स्थलगत अनुगमनमा वस्ती सार्नुपर्ने अध्ययन गरिएको भनिएको थियो । तर बस्ती सार्नको निम्ति लिखित निर्णयहरु कहि कतै नभेटिएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । पहिरो जानुमा भुकम्पले जमिन हल्लिएको स्थानमा ठूलो पानी पर्नुको कारण पनि हुनसक्छन प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘तर वस्ती स्थानातरण गनुपर्ने कुनैपनि निर्णय भएको देखिएन ।’
पहिरो गएको स्थानमा ०७२ सालको भुकम्पको बेला जिल्लामै धेरै क्षती भएको गाउँपालिका अन्र्तगत सत्यवति र कालिगण्डकी हुन् । अरु स्थानिय तहमा क्षती भएतापनि धेरै क्षती भएको अन्र्तगत पर्दछन् । केहि दिन अघिको एक कार्यक्रममा पनि गाउँपालिका अध्यक्ष ढकालले पहिरो जान सुरु गरेककाले सचेतनाको लागि जानकारी गराएका थिए। पहिरो गएको स्थानको ठूलो लुम्पेकमा ५५ घर र लिम्घामा ६३ घर भुकम्प पिडित रहेको सत्यवति गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत यादव भण्डारीले बताए । उनले त्यस स्थानमा पहिरो जानुको मुख्य कारण बारे अहिले ठ्याक्कै भन्न सकिने अबस्था नरहेको बताए ।
०७२ सालको भुकम्प एउटा कारण भएपनि अहिले पहिरो जानुको मुख्य कारण भने अध्ययनबाट मात्रै भन्न सकिने बताए । त्यस स्थान ठूलो पहाडको बिचमा बस्ती रहेकाले पनि पहिले देखि नै जोखिम बस्तीमा थियो । त्यसोत जिल्लाका अरु धेरै स्थानमा त्यस्ता बस्तीहरु पनि छन् ।
त्यस्ता बस्तीहरु कुनै पनि बेला बाढी पहिरो नजाला भन्न सकिदैन् । कुनै अध्ययन नक्सा मापदण्ड बिना अव्यवस्थित रुपमा बसाईएका बस्तीहरु र अर्को तर्फ पहाडी भेगमा बिकास गर्ने क्रममा जथाभावी मोटरबाटो बिस्तारले पनि प्रकृतिक बिपत्ती निम्त्याउने गरेको पनि छ । प्रभावित क्षेत्रमा पुगेका नेपाल सरकारका परराष्ट्रमन्त्री एबं गुल्मी क्षेत्र नम्बर १ का सांसद प्रदिपकुमार ज्ञवालीले प्रकृति विपति मान्छेले चाहेर रोक्न नसकिने र बिपदले पाठ पनि सकिाएको ज्ञवालीले बताए । हाम्रा बस्तीहरु अशुुरक्षित, अव्यवस्थित बस्तीहरु रहेकाले सरकारले पनि नागरिकलाई सुरक्षित स्थानमा बस्ने व्यवस्था मिलाउने सरकारको पनि निति रहेकाले जोखिम बस्तीहरुलाई सुरक्षित ठाउँमा आवास निर्माण गरिने बताए ।
घरबाँस गुमाएकाहरु र जोखिमपूर्ण बस्तीमा बिस्थापितहरुलाई पुनरवासको लागि ठाउँ हेरेर सुरक्षित आवाह निर्माण गर्न सरकारले भूमिका खेल्ने ज्ञवालीले बताए । बिस्थापितहरुको नामावली संकल गरेर सुरक्षित बसोवास गर्ने व्यवस्था मिलाउने ज्ञवाली बताएका थिए । सत्यवति गाउँपालिका वडा नं ३ ठुलोलुम्पेकको सिङ्गदी गाउँनै पहिरोको उच्च जोखिममा रहेको छ । लुम्पेककै अन्य वस्ति पनि पहिरोको खतरामा रहेकाले करिव ४ सय जनालाई स्थानीय धर्मपुर मावि तथा अश्लेवाका विभिन्न स्थानमा स्थान्तरण गरिएको वडाध्यक्ष रुकबहादुर रानाले बताए ।
त्यस्तै वडा नं ४ लिम्घामा पनि दुई सय घर परिवारलाई सरस्वति माविमा व्यावस्थापन गरिएको छ । पहिरो प्रभावित क्षेत्र सत्यवति गाउँपालिकाका सडकहरु अबरुद्ध हुँदा उद्धार र राहत वितरणमा समस्या थपिदै गएको छ । पहिरोले सवैभन्दा वढि मानवीय क्षति भएको वडा नं ४ लिम्घा पुग्ने सडक अबरद्ध छ ।जसका कारण साउन ७ गते उद्धारमा पुग्ने सुरक्षाकर्मी, सरकारी तथा गैरसरकारी संघ, संस्था र रिर्पोटिङ्ग गर्ने पत्रकार साढे दुई घण्टा पैदल हिडेर घटनास्थल पुगेका थिए । राहत बोकेर हिडेका गाडीहरु शाहाघाटमै दुई दिनदेखि रोकिएका छन् ।
सवारी साधान जान नसकेपछि हेलिकप्टरबाट परराष्ट्रमन्त्री ज्ञवालीले २ दिन आफै प्रभावित क्षेत्रमा पुगेर राहत बितरण गरेका थिए । सोहि स्थानमै प्रदेश नम्बर ५ का सामाजिक बिकासमन्त्री सुर्दशन बराल प्रभावित क्षेत्रमै पुगेर राहत बितरण गरेका छन् । जव प्रकृति बिपत्ति आउछ तब मात्रै हामीले कति सुरक्षित ठाउँमा बसेका छौं भन्ने सोचाई आउछ । हामी बस्ने ठाउँ त्यसो त भौगोलिक अबस्था नै जोखि छ ।
पहाड हिमाल बाढि भन्दा पनि पहिरोको उच्च जोखिम र तराई बाढिको जोखिममा पर्दछन् । हामी र हाम्रो बसाई सुरक्षित छैन् भन्ने थाहा हुँदाहुदै पनि हामी बाध्यताले बस्नुपर्ने अबस्था हामी छ । किनकी हामी सुरक्षित स्थानमा जानको निम्ति हामीले बस्दै आएको ठाउँ त्यग्न पनि सक्तैनौ । जिल्लाका ग्रामीण भेगका उच्च पहाडी स्थानमा बनेका त्यस्ता बस्तीहरुलाई समयमै अध्ययन नगरिए कुनैपनि बेला धेरै क्षती हुनसक्ने देखिन्छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend