साझा नेटवर्क
मेवालाल यादव/आशिक नेपाल, रौतहट साउन ८ ।
रौतहट जिल्लाको पुर्व पश्चिममा रहेको बागमती र लालबकैया नदीको जलस्तर बिहानै देखि बढ्दा नदिका छेउछाउका बस्तीहरुमा फेरि बाढीको डर त्रास उत्पन्न हुन थालेका छन् । गत २८ गते आएको बिनाशकारी बाढीको घटना नसेलाए दुवै नदीमा पानीको जलस्तर बढ्दा दर्जनौं गाउँका बस्तीहरुमा बाढीको डर हुन थालेका छन् ।
लालबकैया नदीको परोहा नगरपालिकाको तेजापाकड़ वडा नंबर३ मा रहेको नदीको ठोक्कर भत्किएको र अर्को ठोक्कर भत्काउन सुरु गरेको हुँदा नदी छेउका बस्तीहरुमा फेरि बाढीको डर त्रास हुन थालेका छन् । गत २४ गते देखि वर्षा हुँदा लालबकैया र बागमती नदीको सतह बढेपछि गत २७-२८ गते गौर सहित दर्जनौं गाउँहरु डुवानमा परेको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend