साझा नेटवर्क
अनिल खत्री, गुल्मी साउन ८।
गुल्मीको सत्यवती गाउँपालिकाको ठूलो लुम्पेकमा राति पहिरोबाट घाइते २ जनालाई थप उपचारको लागि काठमाडौं लगिएको छ । मंगलवार राति गएको पहिरोमा परेर घाइते सत्यवती ४ का १० वर्षीया करिष्मा तरामु र १३ वर्षीय धनी तरामुलाई विस्थापितलाई राहत लिएर गएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले घाइतेलाई हेलिकप्टरमा लिएर काठमाण्डौ फर्किएका हुन् ।

ज्ञवालीले २ दिनसम्म प्रभावित क्षेत्रमा राहतका सामाग्री पुराएर घाइतेलाई लिएर काठमाडौं फकिएका हुन् । घाइते २ जनाको टाउकोमा चोट भएकाले यहाँ सामान्य उपचारपछि थप उपचारको लागि काठमाडौं पठाउनु पर्ने अबस्था रहेको उपचारमा खटिएकी डक्टर शिला ढकालले बताइन् ।

मन्त्री ज्ञवाली, गृह मन्त्रालयका सह–सचिव इन्दु घिमिरे, डक्टर रेशम ज्ञवाली, मन्त्रीका प्रेस सल्लाहाकार सुदन ज्ञवाली सहितको टोलि लिएर प्रभावित क्षेत्रमा पुगेर फर्किएका छन् ।

उनले प्रभावित क्षेत्रमा पुगेर स्थलगत अबलोकन गर्नुकासाथै राहत सामाग्री हस्तातरण गरेका छन् । तत्कालको लागि केहि राहतका सामाग्री बितरण गर्न भन्दै सत्यवति गाउँपालिका उपप्रमुखलाई हस्तातरण गरेको मन्त्रीका प्रेससल्लाहाकार सुदन ज्ञवालीले बताए ।
पहिरो प्रभावित क्षेत्रमा सडक अबरुद्ध भएपछि बुधबार साँझ हेलिकप्टर मार्फत केहि राहत पहिरो प्रभावित क्षेत्रमा पठाएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । सडकको कुनै बिकल्प नभएपछि हेलिकप्टरले २० क्विन्टल चामल, दुई क्विन्टल दाल र एक क्विन्टल चिउरा ठुलोलुम्पेकमा छोडेको पौडेलले बताए ।
सत्यवति गाउँपालिकाका दुई स्थानमा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । अझै एक जना बेपत्ता छन् ।
सत्यवति गाउँपालिका ४ को लिम्घामा पहिरोमा बेपत्ता भएका डेढ बर्षीय बालक सञ्जु विक र वडा नं ३ को ठुलोलुम्पेकमा पहिरोमा बेपत्ता माया र बवि विकको शव बुधबार साँझ फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक मिनबहादुर घलले बताए ।
प्रभावित क्षेत्रमा मन्त्री ज्ञवाली सहित प्रदेश नम्बर ५ का सामाजिक बिकास मन्त्री राहत लिएर उद्धारमा खटिएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend